काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) सात खेल हुँदैछ।
१०औँ साताको खेल अन्तर्गत साविक विजेता म्यान्चेस्टर सिटीदेखि आर्सनल, लेस्टर सिटी र एभर्टनले आ–आफ्नो खेलमा प्रतिस्पर्धा गर्ने छन्।
जारी लिगमा ९ खेलबाट म्यान्चेस्टर सिटी २३ अंकसहित शीर्ष स्थानमा छ भने समान खेलबाट २२ अंक जोडेको लिभरपुल दोस्रो तथा १८ अंक जोडेको आर्सनल तेस्रो स्थानमा छ।
आज (शनिबार) हुने दिनको पहिलो खेलमा न्युक्यासल युनाइटेडले आर्सनलको सामना गर्ने छ। यो खेल नेपाली समयअनुसार साँझ ६:१५ बजेबाट सेन्ट जेम्स पार्कमा सुरु हुनेछ।
अन्य पाँच खेल राति ८:४५ बजेबाट सुरु हुनेछ भने एक खेल राति ११:४५ बजेबाट सुरु हुनेछ। जसमा इप्सविच टाउन एफसीले लेस्टर सिटीको सामना गर्नेछ।
साउथ ह्याम्टनले एभर्टन तथा लिभरपुलले ब्राइटनसँग प्रतिस्पार्धा गर्नेछ।
यस्तै म्यान्चेस्टर सिटीदे बोर्नमाउथसँग उसैको मैदानमा खेल्नेछ। यता, सोहि समयमा नोटिङ्घम फरेस्ट एफसीले वेस्टह्याम युनाइटेडसँग खेल्ने तालिका रहेको छ।
यस्तै दिनको अन्तिम खेलमा उल्भ्सले किस्टल प्यालेसको सामना गर्नेछ। जारी लिगमा खराब प्रर्दशन गरेको उल्भ्स आजको खेलमा जित हासिल गर्दै लय सम्हाल्ने दाउामा छ।
९ खेलमा उल्भ्स दुई अंकसहित प्रिमियर लिगको अंक तालिकामा पूछारबाट दोस्रो स्थानमा छ भने किस्टल पयालेस समान खेलबाट ६ अंकसहित १७औँ स्थानमा छ।