अभिनेत्री नीता ढुंगानाको निर्माण रहेको फिल्म ‘ह्रस्व–दीर्घ’ को अमेरिका तथा क्यानडा प्रदर्शन अधिकार बिक्री भएको छ ।
नेपाली तथा तेलेगु भाषाना रिलिज हुने यो फिल्मको प्रदर्शन अधिकार रमेश भट्टको एभरेष्ट इन्टरटेनमेन्ट तथा अभिजित राई इ–पिक इन्टरटेन्मेन्टले संयूक्त रुपमा लिएका हुन् ।चन्द्र पन्तद्वारा निर्देशित फिल्म आफ्नो बलियो नेपाली तथा चर्चित भारतीय कलाकारहरुको लाइनअपका कारण चर्चामा रहेको छ ।
यो फिल्ममा ब्रम्हा नन्दम, अलि तथा ‘गजनी’ फिल्मका खलनायक विजय रावतको समेत अभिनय रहेको छ ।
हरिहर अधिकारीले लेखेको फिल्ममा हरिहर तथा नीतासहित विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुईँटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, रविन्द्र झालगायतका नेपाली कलाकारहरुको पनि अभिनय छ ।
तीन सेड्यूलमा छायाँकन हुने यो फिल्मको पहिलो र दोस्रो सेड्यूलको छायांकन सकिएको छ भने तेस्रो सेड्यूलको केही दिनपछि भारतमा छायांकन हुनेछ ।
बिग बजेटमा तयार हुँदै गरेको फिल्मलाई लिएर नीता उत्साहित रहँदै आएकी छिन् ।
फिल्मले सफलता पाउने अनुमान सिने नगरिमा गरिँदै आइएको छ । फिल्म आगामी वर्षको दशैंको पूर्व सन्ध्यमा असोज ११ गते रिलिज हुनेछ ।