जिराभवानी । कात्तिक शुक्ल चतुर्दशीका पर्साको ग्रामीण भेगमा लाग्ने सातोमाईका मेलाहरु आजबाट सुरु भएका छन् । जिल्ला वन कार्यालय अन्तर्गत पर्साको जंगलमा एकैसाथ पाँच वटा शक्तिपिठहरुमा लाग्ने मेला सुरु भएको हो ।
ठोरी गाउँपालिकाको वडा नं. ५ मा रहेका बाघमोर्चा माई, जिराभवानी गाउँपालिका वडा नं. ५ मा रहेका सुगीभार माई, पटेर्वासुगौली गाउँपालिका वडा नं १ मा रहेका गादी माई, पर्सागढी नगरपालिका वडा नं १ रहेका कोइलाभाई माई र पर्सागढी नगरपालिका वडा नं ३ मा रहेका आमोदेवी माईको मेला शुरु भएको छ ।
मेला लगाउन यसपटक स्थानीय प्रसाशनको बाधा अवरोध नरहेकोले मेलाहरु धुमधामका साथ लाग्ने स्थानीलय बताएका छन् । चतुर्दशीका दिन मन्दिरमा जल चढाई समान्य रुपमा पूजा अर्चना गर्ने पूर्णिमाको दिन बली चढाई संस्कृति तथा परम्परालाई संरक्षण गर्न निरन्तर मेला लाग्दै आएको स्थानीयहरुले बताएका छन् ।
मेलामा होहल्ला, जुवा, तास, जाड रक्सी पुर्ण रुप्ले बन्देज रहने इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढा थापाले वताउनुभयो । यस सम्बन्धि सूचना जिल्ला प्रशासन कार्यालय पर्साले मेला समितिलाई दिइ सकेको उहाँले जानकारी दिनुभयो । हरेक बर्ष कार्तिक शुक्लपक्ष चतुर्दशीका दिन रातीमा र पुर्णिमाको विहान मेला लाग्ने गर्दछ ।
यी मेलाहरुमा आज साझ दिप प्रजव्लन गरी शक्तिपिठहरुमा श्रद्धालु भक्तजनहरुले बिशेष रुपले पूजा अर्चना गर्दछन । गएराति लागेका मेलामा सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी तथा स्वेमसेवकहरु परिचालन गरिएको सुगीभार माई मेला व्यवस्थापन समितिका सदस्य मुक्तीनारायण चौधरीले जानकारी दिनु्भयो ।
भोलिपल्ट पूर्णिमाको दिन बिहानदेखि मन्दिरमा बोका, हास, कुखुरा लगायतको बलि चढाउने प्रचलन रहेका सुगीभार मेला व्यवस्थापन समितिका सदस्य चौधरीले बताउनुभयो । थारु परम्परा अनुसार बितेका बर्षमा बिबाहमा बेहुला र बेहुलीले लगाउने मौर र मौरीलाई आजै राती स्थानीय शक्तिपिठहरुमा चढाउने गरिन्छ । अरु मेला एक रात भरीको भएपनि बाघमोर्चामाई मेला एक सातासम्म लाग्ने गर्दछ