वीरगञ्ज । प्रादेशिक आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय वीरगञ्जले आज पाँच वर्षमुनिका बालबालिकालाई स्वर्ण बिन्दु खोप खुवाउँदै छ । बालबालिकाको प्रतिरक्षा प्रणाली वृद्धि गर्न तथा शारीरिक र मानसिक विकासमा टेवा पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।
चिकित्सालयले प्रत्येक महिनाको निश्चित मितिमा यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ । चिकित्सालयका प्रमुख डा. शिवनारायण गुप्ताका अनुसार स्वर्ण बिन्दुले बालबालिकाको मस्तिष्कको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै बालबालिकालाई यस खोप खुवाउन अभिभावकलाई आग्रह गरेका छन् ।
डा. गुप्ताले बालबालिकाको शारीरिक तथा मानसिक विकासको प्रारम्भिक अवस्था ९एकदेखि पाँच वर्ष० अत्यन्तै संवेदनशील हुने भएकाले स्वर्ण बिन्दु खुवाउन आवश्यक रहेको बताए । यो खोपले निमोनिया, झाडापखालालगायत रोगबाट बच्न सहयोग गर्ने र बालबालिकाको तौल वृद्धिमा पनि सहयोग पुर्याउने उनले जानकारी गराए ।
डा. गुप्ताका अनुसार चालू आवमा साउन २०, भदौ १५, असोज ११, कात्तिक ८ मा स्वर्ण बिन्दु खुवाइएको थियो । आज मङ्सिर ६ गते पनि खोप खुवाइँदै छ । यसै गरी, पुस ३, माघ २, फागुन २६, वैशाख २१, जेठ १८, र असार ११ मा पनि स्वर्ण बिन्दु खुवाउने योजना रहेको छ ।
चिकित्सालयले यो अभियानमा सक्रिय सहभागिता जनाउन अभिभावकहरूलाई आह्वान गरेको छ ।