काठमाडौं- आज सत्तारुढ दल एमालेले गरेको सडक प्रदर्शनकाे प्रत्यक्ष असर काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थामा परेको छ
समयमा कार्यालय, स्कूल र कलेज हिँडेकाले जामका कारण सडकका घण्टौं बिताउन बाध्य भएका छन् ।
आजको प्रदर्शनका कारण २० मिनेटमा पुग्ने गन्तव्यका लागि दुई घण्टा सडकमा नै बिताउन बाध्य भएका सर्वसाधरणले कस्तो देशमा जन्म लिन पुगेछु भन्दै आफुलाई धिक्कार्दै गरेको देखिएको छ ।
अझ समयमा नै क्याम्पस पढाउन हिँडेकी एक महिलाले त झन् व्यंग्यात्मक रुपमा भन्दै थिइन् – ‘बाटो मै बसेर आनन्दले फेसबुक चलाउन मिल्ने कस्तो जाम हो ?’ यसका साथै उनले सामाजिक सन्जालमार्फत काम नपरि बाहिर ननिस्कन पनि सुझाव दिएकी छिन् ।
अहिले यस्तो पीडा ती महिलाको मात्र नभइ धेरैले अहिले भोगिरहेको समस्या हो ।
दरबारमार्गमा एमालेले गर्न लागेको जनप्रदर्शनको धेरैले आलोचना गरेका छन् । आफैँ सरकारमा भएको दलले जनतालाई दिएको यसप्रकारको दुखले शक्ति प्रदर्शन नभएर औचित्यहिन कार्यको संज्ञा दिन बाध्ये बनेका छन् जनता ।
जब प्रदर्शनलाई ध्यानमा राखेर ट्राफिक प्रहरीले दरवारमार्गमा यातायाता आवागमन बन्द गर्यो तब आसपासका सडकहरुको चाप बढ्न थाल्यो जसले गर्दा केशरमहल, जय नेपाल हल, महेन्द्र शालिकका सडकहरुमा सवारी साधनको चाप बढ्यो र ठूलो संख्यामा जाम भयो ।
प्रदर्शनको प्रत्यक्ष प्रभाव सडकमा पर्ने देखेर आजलाई भनि निधारण गरेका कामहरु मिति सारेका छन् भने धेरै विहान सवेरै हतारिँदै आफ्नो गन्तव्यतर्फ लागि सकेका छन् ।
कतिले त आज सार्वजनिक विदा नै दिएको भए हुने थियो, दु:ख त हुँदैन थियो भन्दै निराशा व्यक्त गरेका छन् ।