बिरगंज । बिरगंजको घन्टाघर चौक स्थित जनमत पार्टी पर्सा द्वारा रंगभेद विरुद्धको एकता दिवस कार्यक्रम सम्पन्न भएको छ। विभिन्न नारा सहित रंगभेद आक्रमण अन्त गर ,रंगभेद गर्न पाईदैन , धोती भैया भनेर हेपन पाइदैन , नसलवादी राज्य चाहिदैन , जनमत पार्टी जिन्दावाद , रंगको अधारमा विभेद गर्न पाउदैन, मधेसी एकता जिन्दावाद, सामाजिक विभेद, सामुदायिक विभेद विरुद्धको एकता दिवसको अवसरमा जनमत पार्टी पर्साले आयोजना गरेको रैली वीरगन्ज नगर परिक्रमा गरि पुर्न घन्टाघरमा पुगि कोणसभा गरि भब्य रुपले सम्पन्न गरेको थियो।
सो कार्यक्रममा बिरगंज पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको नेतृत्वमा नेताहरू देवेन्द्र मिश्र,सिपु तिवारी, श्याम गुप्ता, रम्भा मिस्र,अनिता रौनियार ,नजमा खातुन,बृजेस्वर चौधरी,अमर नाथ सिह राठौर,संजय सिह,डा.असोक राज, राजु राज गिरि,बिष्णु कुशवाहा,ललन चौरसिया, लगायतका नेताहरु सम्बोधन गरेका थिए ,मनोज साह, धिरेन्द्र पन्जियार लगाएतका पार्टीका नेता एवम् कार्यकर्ताहरुको उल्लेखनीय संख्यामा सहभागीता रहेको थियो।