वीरगञ्ज । वीरगञ्जको माईस्थान मन्दिर अगाडिको पार्कमा रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिस, युनाइटेड वीरगञ्ज र रोट्रयाक्ट क्लब अफ सिमरा बाराको संयुक्त आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
रक्तदान कार्यक्रममा रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष दिपु वर्णवालको अध्यक्षता तथा उपाध्यक्ष राम विनय यादव, सौरभ बर्नवाल, राजकुमार साह, कमल चौगाईं लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा ८ जना महिला सहित कुल ५० जना रक्तदाताहरूले रक्तदान गरेका थिए। रक्तदान गर्नेहरूमा कविता चौधरी, विद्या भारती, पुष्पलता थापा, रिया गुप्ता, राजकुमार चौधरी, दिपु वर्णवाल, मनोज वर्णवाल, बिकी शर्मा, रवि कुमार, सरोजकुमार माझी, विजयकुमार साह, पप्पु पण्डित कुम्हाललगायत सहभागी थिए।
नेपाल रेडक्रस सोसाइटी, रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता र वीरगञ्ज रक्तसञ्चार केन्द्रका जितेन्द्र कुशवाहाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।