मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लाल मणि आचार्यले भारतीय पर्यटक र भारतिय नम्बर प्लेटका सवारी साधनमा प्रहरीबाट कुनै किसिमको नाजायज अबरोध भए कार्बाही गरिने बताएका छन ।
पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपको आयोजना एबम होटल तथा पर्यटन ब्यबसायी संघ पर्साको सह आयोजनामा शुक्रबार साँझ सम्पन्न पर्यटन सुरक्षा र प्रबर्द्धनमा पर्यटक प्रहरी ,ब्यबसायी र स्थानीयको भुमिका बिषयक अन्तरक्रीया कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन ।
प्रहरी नायब महानिरीक्षक आचार्यले पर्यटकको सुरक्षा प्रहरीको दायित्व समेत भएकोले प्रहरीहरु लाई पर्यटकहरले महसुस गर्ने गरी काम गर्न पनि पर्यटक प्रहरी लाई निर्देशन दिए । सोही क्रममा पर्साका होटल तथा पर्यटन व्यावसायिहरुले उठएका विभिन्न प्रश्नको उत्तर दिदै डिआइजी आचार्यले कहिँ कसैले भारतीय पर्यटकिय सबारी साधन लाई गलत नियत राखी दु:ख दिएको भेटिए तुरुन्तै कार्बाही गरिने समेत बताए ।
कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै मधेस प्रदेशका उद्योग ,बाणिज्य तथा पर्यटन मन्त्री शकिल मियाले त्यहाँ उठेका प्रश्न हरुको जबाफ दिने क्रममा आफू मधेसको पर्यटन बिकासमा लागि परेको बताए मन्त्री मियाले आफू भर्खरै मन्त्री बनेकोले छिट्टै मधेस प्रदेशमा पर्यटनमा देखिने गरि काम हुने बताए ।
होटल तथा पर्यटन ब्यबसायी संघ पर्साका अध्यक्ष हरि पन्तको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा अध्यक्ष पन्तले प्रहरीहरु पर्यटन मैत्री बन्न प्रहरीको माथिल्लो निकाय बाटै तल्लो निकायसम्म निर्देशन दिनु पर्ने बताए । अध्यक्ष पन्तले मधेस सरकारले यहाँको पर्यटन बिकासमा माखो समेत मार्न नसकेको बताए ।
पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका प्रमुख प्रहरी नयब उपरीक्षक रिपेन्द्र सिंहले स्वागत गर्दै पर्यटक प्रहरीले हाल सम्म गरेका कार्यबिबरण र आम पर्यटकहरुको बिषयमा निर्माण गरिएको डकुमेन्ट्रीको समेत प्रदर्शन गरेका थिए ।
पर्यटक प्रहरी कार्यालय बिरगंजका प्रमुख प्रनानी प्रराज चौलागाईंले सहजीकरण गरेका उक्त कार्यक्रममा ठोरी गाउँ पालिका प्रमुख लाल बहादुर श्रेष्ठ ,पर्सा राष्ट्रिय निकुन्जका प्रमुख रामचन्द्र खतिवडा ,ओम प्रकाश शरार्फ ,बिरगंज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल लगायतले आआफ्नु मन्तब्य राखेका थिए ।
कार्यक्रममा हान मधेस प्रदेशका बरिस्ठ उपाध्यक्ष मोहन प्रधान ,होटल ब्यबसायी संघ पर्साका बरिस्ठ उपाध्यक्ष बिध्यालाल प्रसाद साह , होटल तथा पर्यटन ब्यबसायी संघ पर्साका बरिस्ठ उपाध्यक्ष रचेन्द्र थापा , महासचिव माधब बस्नेत सचिव सन्दीप बस्नेत ,होटल व्यावसायि महासङ्ह नेपालका केन्द्रिय सदस्य हिरा श्रेष्ठ लगायतको उपस्तिथि थियो ।