पर्सा — मानव बेचबिखन नियन्त्रणको क्षेत्रमा कार्यरत संस्था माइती नेपालले सन् २०२४ मा जोखिमपूर्ण रुपमा भारत जाँदै गरेका १ सय ७१ महिलाको उद्धार गरेको छ ।
माइती नेपाल वीरगन्ज आवधिक गृहले बिहीबार पत्रकार सम्मेलन गरी आफ्नो वार्षिक कार्य प्रगतिको तथ्यांक सार्वजनिक गर्दै एक वर्षमा वीरगन्जस्थित नेपाल(भारत सीमा क्षेत्रबाट १ सय ७१ जना महिलाको उद्धार गरेको जनाएको हो ।
गृहकी सुपरभाइजर गोमा पौडेलले एक वर्षको अवधिमा गृहका सीमा निगरानीकर्ताहरुले वीरगन्जस्थित नेपाल भारत सीमा क्षेत्रबाट १ सय ७१ जनालाई जोखिमपूर्ण रुपमा भारत जान लागेको अवस्थामा रोक्न सफल भएको बताइन् ।
‘१ सय ७१ मध्ये २० वर्षमाथि उमेर समूहका ३९ लाई उनीहरुको घर फिर्ता पठाइएको थियो,’ पौडेलले भनिन्, ‘बाँकी १ सय ३२ लाई आवधिक गृहमा ल्याई उनीहरुको अभिभावकलाई बोलाई जिम्मा लगाइएको थियो ।’ ती मध्ये ५४ जना १८ वर्षसम्मका र ७८ जना १९ बर्ष माथि उमेर समूहका थिए ।
आवधिक गृहमा यस वर्ष कूल २ सय ६५ जनालाई संरक्षण दिइएकोमा ती मध्ये १ सय २७ जना १८ वर्ष मुनिका र १ सय ३८ जना १९ वर्षमाथि उमेर समूहका छन् । तीमध्ये १ सय १९ लाई प्रहरी तथा अन्य संघसंस्थाले जोखिमपूर्ण अवस्थामा फेला पारी माइती नेपालको आवधिक गृहको जिम्मा लगाएका थिए ।
यस वर्ष सीमाबाट उद्धार गरेर आवधिक गृहमा संरक्षण दिइएका १ सय ३२ मध्ये १३ कोशी प्रदेश, ४५ मधेश प्रदेश, ४२ बागमती प्रदेश, ९र९ गण्डकी र लुम्बिनी प्रदेश, २ कर्णाली प्रदेश र १२ सुदुरपश्चिमका छन् । ती मध्ये ब्राम्हणरक्षेत्री ३१, जनजाति ५०, दलित ११, मुस्लिम ९ र अन्यजातिका ३१ छन् ।