पर्सा जिल्लामा यसपटक गाँजाखेती अत्यधिकरूपमा गरिएको छ । करीब डेढ दशकदेखि गाँजाखेती नगन्यरूपमा भएको यो जिल्लामा यस वर्ष व्यापकरूपमा गाँजाखेती गरिएको तर थोरै मात्रामा फँडानी भएको छ ।
गाँजाको बीउ मकवानपुरबाट भि-याएर किसानहरूले खेती गर्दैछन् । ठोरी गाउँपालिकाका विजयबस्ती, गोपीबस्ती, सुवर्णपुरमा ठूलो परिमाणमा गाँजाखेती गरिएको स्रोतले बताएको छ ।
यसैगरी, शङ्करसरैया, भलुवाही खोला बगर, सखुवाप्रसौनी, जीराभवानी गापा, पर्सागढी नगरपालिकामा समेत गाँजाखेती गरिएको छ । प्रहरीले यदाकदा गाँजा फँडानी गरे पनि अहिले गाँजाखेती व्यापकरूपमा गरिएको स्रोतले जनाएको छ ।
नदी किनार, बगर, घरपछाडि, बारीमा र जङ्गल क्षेत्रमा गाँजाखेती फष्टाएको छ । मकवानपुरबाट प्रतिकिलो रु एक हजारमा बीउ ल्याएर पर्सा जिल्लामा गाँजाखेती गरिएको एकजना किसानले बताए । अहिले गाँजाको मूल्य बढेको छ र नेपालमै्र प्रतिकिलो रु १२,००० मा बिक्री भइरहेको छ ।
पर्सा जिल्लामा गाँजाखेती बन्द भएपनि मकवानपुर र धादिङबाट ठूलो परिमाणमा गाँजा पर्सा जिल्ला हुँदै भारतका विभिन्न स्थानमा पु¥याउने कार्य भइरहेको र त्यसमा संलग्न व्यक्तिहरूले मनग्य आम्दानी गरेको देखेर नै अहिले पर्सामा गाँजाखेती पुनः शुरू भएको हो । एकथरी तस्करहरूले मकवानपुर र धादिङबाट गाँजा ढुवानी गरी रकम कमाउने र त्यसको साक्षी प्रहरी बनेको भन्दै पर्साका किसानहरूले पनि गाँजाखेती शुरू गरेका हुन् ।
प्रहरीले देखावाको लागि मात्र छिटपुटरूपमा गाँजा बरामद गरिरहेको तर ठूलो परिमाणमा गाँजा भारत गइरहेको छ । गाँजा तस्करीमा संलग्न व्यक्तिहरूको आम्दानी देखेर नै पर्सामा गाँजाखेती बढेको हो ।