पर्सामा लागुऔषध सम्बन्धी १ सय १५ वटा मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले दिएको तथ्याङ्क अनुसार पछिलो ७ महिनाको अवधीमा १ सय १५ वटा मुद्दा दर्ता भएको हो । भारत र नेपालको खुला सिमानाका भएको कारण लागऔषध सेवन तथा ओसारपोसारमा संलगन स्वदेशी तथा बिदेशी गरी प्रहरीले १ सय ५७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्वदेशी १ सय ४२ जना र १५ जना विदेशी नागरीक रहेका छन् । भने ३÷३ जना महिला रहेको छन् ।
बिभिन्न मितिमा पक्राउ भएकाहरुबाट ३ सय ७६।७६९ गा्रम गाँजा, ६१।९४४ गा्रम चरेश, ४०७।१४१ मिलि गा्रम हेराईन, ३ हजार ४ सय ५८ पिस फेनारगन, ३ हजार ४ सय ७३ पिस नुर्पिmन, ७ हजार २ सय २६ पिस नाट्राभेट ट्याबलेट, १ सय एमएलमा ५ सय ८२ वटा कोरेक्स, क्यापशुल ६८, धुलो गाँजा ४२ केजी र १ सय एमएलमा विन्सेरेक्स १ सय ३१ वटा आगुऔषध बरामद भएको छ ।
पर्सामा लागुऔषध सम्बन्धी २०७७÷०७८ मा कती ?
पर्सामा पछिलो २०७७÷०७८ मा १ सय ३५ वटा मुद्दा दर्ता भएको छ । जस मध्ये १ सय ६४ जना पुरुष र ७ जना महिला गरी १ सय ७१ जना मानिष पक्राउ परेका छन् । प्रहरीले ०७७÷०७८ मा ७ सय ८६ केजी गाँजा, १ सय ५३ केजी चरेश, ६९ गा्रम हेरोईन, ८ केजी अफिम, ६ हजार ४ सय ४४ पिस फेनारगन, ७ हजार २ सय ५३ पिस डाईजिल्याब, ७ हजार २ सय ३२ पिस नुर्पिmन, नाट्राभेट ट्याब्लेट ८ हजार ८ सय ४१ पिस र १ सय एमएल कोरेक्स २ हजार ४९ बोतल लागुऔषध रहेको छ ।
पर्सामा लागुऔषध सम्बन्धी २०७८÷०७९ मा कती ?
पर्सामा पछिलो २०७८÷०७९ मा २ सय ३७ वटा मुद्दा दर्ता भएको छ । जस मध्ये ३ सय ९ जना पुरुष र ९ जना महिला गरी ३ सय १८ जना मानिष पक्राउ परेका छन् । प्रहरीले ०७८÷०७९ मा १ हजार ३ सय ५० केजी गाँजा, २३ केजी चरेश, ५८ गा्रम हेरोईन, १३ केजी अफिम, ५ हजार ३ सय ६० पिस फेनारगन, ४ हजार १ सय ६८ पिस डाईजिल्याब, ४ हजार २ सय ५३ पिस नुर्पिmन, १४ हजार ६ सय ४२ पिस नाट्राभेट ट्याब्लेट र १ सय एमएल कोरेक्स १ हजार ६ सय १३ बोतल लागुऔषध रहेको छ ।
पर्सामा लागुऔषध सम्बन्धी २०७९÷०८० मा कती ?
पर्सामा पछिलो २०७९÷०८० मा ३ सय २ वटा मुद्दा दर्ता भएको छ । जस मध्ये ४ सय २३ जना पुरुष र १४ जना महिला गरी ४ सय ३७ जना मानिष पक्राउ परेका छन् । प्रहरीले ०७९÷०८० मा १ हजार १ सय ६५ केजी गाँजा, १ सय १४ केजी चरेश, ५८ गा्रम हेरोईन, ७ हजार ४ सय ८९ पिस फेनारगन, १० हजार ४ सय ८९ पिस डाईजिल्याब, ८ हजार ८ सय ४० पिस नुर्पिmन, २७ हजार ७ सय ६८ पिस नाट्राभेट ट्याब्लेट र १ सय एमएल कोरेक्स ४ हजार ५ सय ६८ बोतल लागुऔषध रहेको छ । पर्सा प्रहरीले हालसम्म पक्राउ गरेका मध्यो युवाको संख्या बढि रहेको छ । यसरी युवाहरु लागुऔषधको सिकार भइरहेका छन् । ३ वर्षको तथ्याङ्क अनुसार पर्सामा लागुऔषध प्रती युवाको सहभागीता र नेपाल–भारतको खुला सिमानाका भएको कारण लागुऔषधको शिकार भई रहेका छन् ।