घरेलु टोली अस्ट्रेलियाले ‘बोर्डर–गावस्कर ट्रफी जितेको छ। सिड्नीमा भएको सिरिजको अन्तिम टेस्टमा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले सिरिज ३–१ले जितेको हो।
यो जितसँगै अस्ट्रेलिया लागता दोस्रो पटक वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगेको छ। यता, हारसँगै लागतरा तेस्रो पटक फाइनल खेल्ने भारतको सापना भने पुरा हुन सकेन। अब फाइलनमा अस्ट्रेलिया र दक्षिण अफ्रिका भीड्ने छन्।
सिड्नी टेस्टको तेस्रो दिन भारतलाई १७५ रनमा अलआउट गरेपछि अस्ट्रेलियाले १६२ रनको सामान्य लक्ष्य पाएको थियो। सो लक्ष्य उसले २७ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।
उसका लागि उस्मान खवाजाले सर्वाधिक ४१ रन बनाउँदा बेउ वेबस्टरले ३९ र ट्रविस हेडले ३४ रन बनाए।
बलिङमा भारतका प्रसिद्ध कृष्णले ३ तथा मोहम्मस सिराजले १ विकेट लिए। दोस्रो दिन नै पछाडिको मांशपेशीमा समस्या देखिएका कप्तान जसप्रित बुमराहले भने तेस्रो दिन ब्याटिङ गरे पनि बलिङ गरनेन्। त्यसको फाइलन अस्ट्रेलियाले उठायो।
पहिलो इनिङमा भारतले १८५ रनमा अलआउट भएको थियो। उसका ऋषव पन्तले सर्वाधिक ४० रन बनाउँदा रविन्द्र जडेजाले २६, बुमराहले २२ र शुभमन गिलले २० रन बनाएका थिए। बलिङमा अस्ट्रेलियाका स्कट बोलान्डले ४ तथा मिचेल स्टार्क ३ विकेट लिएका थिए।
पहिलो इनिङमा अस्ट्रेलिया १८१ रनमै लआउट भएको थियो। उसका डेब्यू खेलाडी वेबस्टरले सर्वाधिक ५१ रन बनाए। यस्तै, स्टिभ स्मिथले ३३, साम कोन्टसले २३ र एलेक्स क्यारीले २१ रन बनाए। बलिङमा भारतका प्रसिद्ध कृष्ण र मोहम्मद सिराजले समान ३ विकेट लिएका थिए।
दोस्रो इनिङ पनि खराब ब्याटिङ गरेको भारतले ऋषव पन्तको अर्धशतक बाबजुद १५७ रन मात्र बनाउन सकेको थियो। ऋषवले ३३ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दैै ६१ रन बनाएका थिए। अन्यले भने गतिलो योगदान दिन नसक्दा भारत पराजित भयो। बलिङमा अस्ट्रेलियाका बोलान्डले ६ र पाट कमिन्सले ३ विकेट लिए।