बारा- बाराको पटेर्वामा राष्ट्रिय निषाद संघ नेपालको बारा जिल्ला कार्यसमिति गठन गरिएको छ। संघका केन्द्रीय अध्यक्ष संजिता मुखियाको अध्यक्षता तथा विजय प्रकाश निषादको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बैधनाथ सहनीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।
कार्यक्रममा निषाद समुदायका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूमा सोभी सहनी, लाल सहनी, डा. परमानन्द मुखिया, सोहराई मुखिया निषाद, अनिता मुखिया, आशा केवट, रामेश्वर सहनी, रामेश्वर नुनिया, सीताराम सहनी, र जोगेन्द्र मुखिया लगायतका व्यक्तित्वहरूको योगदान प्रशंसनीय रहेको बताइएको छ।
नवगठित कार्यसमितिमा अध्यक्ष बैधनाथ सहनी, उपाध्यक्ष जमुना महतो नुनिया, सचिव ओशिलाल मुखिया, कोषाध्यक्ष सिता सहनी रहेका छन्। सदस्यहरूमा मनोज मुखिया, कमल मुखिया, मुकेश मुखिया, उपेन्द्र मुखिया, लक्ष्मण मुखिया, धर्मराज सहनी, जसोधा मुखिया, मायादेवी महतो नुनिया र मीना देवी मुखिया रहेका छन्।
कार्यक्रमले निषाद समुदायको उत्थान र सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। निषाद समुदायको एकता र अधिकार सुनिश्चित गर्न यस प्रकारका कार्यक्रमले दीर्घकालीन योगदान दिने विश्वास व्यक्त गरिएको छ।