नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले २००६ सालमा स्थापित नेपालको कम्युनिस्ट पार्टी समयसमयमा टुक्रिंदै जानु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
नेकपा .एस. पर्साको नवौं जिल्ला अधिवेशनको आइतवार उद्घाटन गर्दै उनले नेपाल राष्ट्रको एकीकरण गर्ने पृथ्वीनारायण शाहप्रति आप्mनो उच्च सम्मान रहेको र राज्यले पनि उनलाई सम्मान गर्नुपर्ने बताए । देशको हितमा काम गर्नेहरूलाई राज्यले सङ्कीर्ण सोच त्यागेर सम्मान गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष्ँ नेपालले वर्तमान प्रधानमन्त्री एवं नेकपा .एमाले. अध्यक्ष केपीशर्मा ओलीले सत्ता र कुर्सीको लागि स्वार्थी राजनीति अङ्गीकार गरेको र सोको प्रतिफल पनि सोहीअनुरूप पाउने दाबी गरे । उनले सत्तासीन हुनको लागि ‘कुनै पनि बेला आप्mनो मुख पनि हेर्न नचाहने’ भनी भाषण दिने एमाले अध्यक्ष ओलीले सत्ताको लागि आपूmसँग सहकार्य गर्न पनि पछि नपरेको भन्दै घृणाको बीउ रोप्नेले घृणा नै पाउने भन्दै कालान्तरमा ओलीले पनि सोही अनुसारको फल पाउने बताए ।
अध्यक्ष नेपालले कुराले च्युरा नभिज्ने स्व मदन भण्डारीको कथन अङ्गीकार गरेर अगाडि बढ्नुपर्ने बताए । उनले च्युरा भिजाउन दूध, दही आवश्यक भएको भन्दै कुरा गर्नको लागि काम गरेर देखाउनुपर्ने भन्दै वर्तमान प्रधानमन्त्री ओलीप्रति कटाक्ष गरेका थिए ।
उनले देशहितमा सबैले सोच्नुपर्ने भन्दै दुई ठूला देशको बीचमा रहेको नेपालले आप्mनो इज्जत, प्रतिष्ठा र स्वाभिमानको लडाइँमा चुक्न नहुने बताए । उनले ठूला र शक्तिशाली देश अमेरिका, रूस, चीन, भारतलगायतका राष्ट्रप्रमुखसँग आफूले नेपालको हित र प्रतिष्ठा बढाउने गरी कुरा राख्दै आएको दाबी गरे ।
नेकपा .एस. पर्साका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेका, पर्साका कार्यवाहक अध्यक्ष रामनारायण कुर्मी, जसपा नेपाल, पर्साका अध्यक्ष रामनरेश यादव, राप्रपाका नेता सुमेश्वरनाथ उपाध्याय, नेकपा . एस. का नागेन्द्र चौधरीलगायतले अधिवेशन सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।