वीरगञ्ज - वीरगञ्ज महानगरपालिका क्षेत्रमा कानू समाजको तदर्थ समिति गठन गरिएको छ। शनिबार राधेमाई मन्दिरको प्रांगणमा केन्द्रीय अध्यक्ष किशोरी प्रसाद कानूको अध्यक्षतामा सम्पन्न बैठकले १५ सदस्यीय तदर्थ समिति गठन गरेको हो। समितिमा ३ जना सल्लाहकार पनि चयन भएका छन्।
महानगर कमिटीको अध्यक्ष पदमा सुन्दर साह कानू सर्वसम्मत रूपमा चयन भएका छन्। उपाध्यक्ष पदमा लालबाबू साह, सचिवमा ओम प्रकाश कानू, कोषाध्यक्षमा सीताराम साह कानू, र सह सचिवमा विमला गुप्ता चयन भएका छन्।
सदस्यहरूमा राजकुमार साह कानू, प्रेम चन्द्र कानू, सन्दीप साह कानू, छठु साह कानू, विनय गुप्ता, जय राम साह कानू, भगवान लाल साह कानू, हरी शंकर साह कानू, किशोरी प्रसाद साह कानू, र प्रभु साह कानू रहेका छन्। प्रमुख सल्लाहकारमा सालिकराम प्रसाद कानू र उमेश गुप्ता चयन भएका छन्।
२०६६ सालदेखि स्थापना भएको कानू समाजले स्वजातीय समुदायको उत्थानका लागि विभिन्न सामाजिक कार्यहरू गर्दै आएको संस्थापक अध्यक्ष हरिहर प्रसाद साहले बताए।
सोही अवसरमा केन्द्रीय अध्यक्ष किशोरी साह कानू, उपाध्यक्ष मदन प्रसाद कानू, महासचिव किशोरी लाल प्रसाद, सचिव हरिहर प्रसाद साह, सदस्य सुरेश मोदक र जय किशुन प्रसाद साहलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कानू समाजले सामाजिक हितका गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।