वीरगञ्ज— राष्ट्रिय वैश्य महासंघ नेपालको प्रथम नव निर्वाचित जिल्ला कार्य समिति पर्साको शपथ ग्रहण तथा सम्मान कार्यक्रम शनिवार सम्पन्न भएको छ। वीरगञ्जको कलवार कल्याण धर्मशालामा आयोजित कार्यक्रममा बजरंगी साहको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरियो।
नवनिर्वाचित कार्यसमितिको अध्यक्ष पदमा डा. संतोष कुमार साह चयन भएका छन्। अन्य पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष प्रेम चंद्र चौरसिया, उपाध्यक्षहरू राजेंद्र प्रसाद गुप्ता, जवाहर प्रसाद गुप्ता, महिला उपाध्यक्ष बिमला गुप्ता, महासचिव अनिल कुमार सर्राफ, सचिवहरू राम पुकार पंडित, संजय साह गोढ, जय प्रकाश नायक, कोषाध्यक्ष मोतीलाल साह, र सदस्य पवन कुमार वर्णवाल, प्रकाश साह बानिया, केशव लाल केशरी, रामबाबू साह कानू, सुमन क्याल, पूजा देवी, सुधा गुप्ता, राखी देवी तुरहा, प्रतिमा चौरसिया, बालेश्वर साह तेली, लक्षमन साह कलवार, बबिता देबी, हरिश्चन्द्र तुरहा तथा बृजेश साह तेली नियुक्त भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि तेली समाजका केन्द्रीय अध्यक्ष विश्वनाथ साहले वैश्य समुदायलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे। उनले जातीय पहिचानलाई हटाएर वैश्य समाजको सामूहिक पहिचान स्थापित गर्नुपर्नेमा जोड दिए।
नेपाल बुद्धिजीवी परिषदका प्रदेश अध्यक्ष तथा नेपाल कानु समाजका पुर्ब केन्द्रीय महासचिव शम्भु प्रसाद गुप्ताले वैश्य समाजमा नोट र भोट दुबै भए पनि एकमतको अभावका कारण समाज पछि परेको बताए। उनले जातीय भेदभावलाई अन्त्य गरी समाजको उत्थानका लागि सहकार्यको आवश्यकता रहेको उल्लेख गरे।
राजनीतिमा सहभागिताको आवश्यकता
कलवार कल्याण समाजका जिल्ला अध्यक्ष शम्भू प्रसाद कलवारले वैश्य समाज व्यापार र व्यवसाय क्षेत्रमा सक्रिय भए पनि राजनीतिक क्षेत्रमा प्रभाव जमाउनुपर्नेमा जोड दिए। उनले वैश्य समुदायका सबै जातीय समूहहरूको अस्तित्व स्वीकार गर्दै एकताको महत्वबारे प्रकाश पारे।
तेली समाज नेपालका जिल्ला अध्यक्ष ध्रुव साहले वैश्य समाज आर्थिक तथा सामाजिक क्षेत्रमा सक्रिय भए पनि राजनीतिमा कमजोर भएको बताए। उनले पर्सा जिल्लालाई वैश्य समुदायको गढ़ मान्दै राजनीतिक क्षेत्रको मजबूतीका लागि एकजुट हुन आह्वान गरे।
चौरसिया कल्याण समाजका अध्यक्ष रामाकांत चौरसियाले वैश्य समाज एक ढीक्का भए हामी हरेक क्षेत्रमा अगाडी हुने बताए। अहिलेको अवस्था मा वैश्य समाज कै आर्थिक सहयोग ले अन्य समुदाय अगाडी बढे पनि वैश्य समाज अरु प्रति आश्रित हुने पर्ने वध्यता रहेको बाताए
तुरहा समाजका केंदीय सल्लहकर जय प्रकाश तुरहा ले अन्य वक्ता हरुको कुरा मा सहमति जनाउदै उनले हरेक व्यक्ति को फरक बिचार रहे पनि समाजको बिकाशका लागी एक जुट हुन आवश्यक रहेको बाताए। ब्यापार ब्यावशय मुख्य पेशा रहेको वैश्य समाजको गठनको मुख्य उद्देश्य हरेक क्षेत्रमा एक सामान हक़ अधिकारको लडाईको साथै आफु सो क्षेत्रमा सक्षम हुन आवश्यक रहेको बताए जसको लागी कोटा मा नभइ शिक्षामा जोड़ दिन आवश्यक रहेको बाताए।
बाल रोग बिशेषज्ञ डा. अशोक दासले वैश्य समुदाय हरेक क्षेत्रमा सहभागि भए पनि एकजुट नहुदा कमजोर रहेको बताए । वैश्य समुदाय बाट जातिय विभेद हटाए यो समुदाय हरेक क्षेत्रमा अब्बल छाप छोड़ने बताए। यस समुदायमा रहेका हरेक जातीमा भाई चाराको भाव श्रीजना गर्न आग्रह गरे ।
संबिधान सभा सदस्य प्रमोद गुप्ताले शिक्षाको क्षेत्रमा वैश्य समुदाय अन्य समुदायको तुलना कमजोर नाराहेको भन्दै आउदो दिनमा आफ्नो अस्तित्व जोगाउन राजनीति क्षेत्रमा बलियो हुन आवश्यक रहेको कुरामा जोड़ दिए। पर्सा जिल्ला अन्य जिल्लाको लागी उदाहरनीय कार्य गरोस भन्ने शुभकामना दिए।
बहुदर माई वडा ८ का वडा अध्यक्ष पुनीलाल साहले वैश्य समुदाय एक रहे मात्र राजनीती मा अगाडि बढ़ने बताए वैश्य समुदाय बाट नै चुनावको बेला जातिय बिभेद गर्दै एक अरकाको बिपक्षी भई उम्मीदवारी दीदा राजनीति मा हार बेहोर्नु परेको बताए। यस समुदायका महिलाहरुलाई पनि हरेक क्षेत्रमा अगाडि ल्याउन आवश्यक रहेको कुरामा जोड़ दिए।
महिलाको सहभागिता र शिक्षा
कार्यक्रममा वक्ताहरूले वैश्य समाजमा महिलाको सहभागिता अभिवृद्धिको आवश्यकता औंल्याए। छिपहरमाई गापाका प्रशासकीय अधिकृत अशोक रौनियारले महिलाको सहभागिताबिना समाजको विकास सम्भव नहुने बताए। कनिका कौशिक र अन्य महिलाहरूले समुदायमा लैंगिक समानताको अभावप्रति चिन्ता व्यक्त गरे।
कार्यक्रममा प्रजापति समाजका कलाकार सुनील पंडितले वैश्य समाजका नेताहरू, व्यवसायी, पत्रकार, र कलाकार एकजुट भए समाजको प्रभावकारी उपस्थिति सुनिश्चित हुने बताए।
कानू समाज का राष्ट्रीय अध्यक्ष किशोरी प्रसाद कानूले बैश्य समाज ब्यक्तिगत संस्था नभई सबै जातिको उत्थानको लागी सामुदायिक संस्था रहेको बताए। समाजको उत्थानकालागी सबैमा सहयोगी भाव राख्न सबैमा उनले अनुरोध गरे।
कार्यक्रमको सञ्चालन राष्ट्रिय वैश्य महासंघका केन्द्रीय सदस्य अशर्फी साहले गरेका थिए।
कानू कलवार तेली रौनीयार लगायत ३१ वटा जातियको सामूहिक सामाजिक संस्थागत समिति वैश्य महासंघ हो। यसले समुदायको उथानको लागी सामाजिक कार्य गर्दै आएको छ। यस कार्यक्रमले वैश्य समाजको आर्थिक, सामाजिक, र राजनीतिक विकासका लागि नयाँ दिशामा अगाडि बढ्न प्रेरणा प्रदान गरेको छ।