वीरगन्ज । एमालेको भातृ संगठन महिला किसान संघ मधेस प्रदेशको प्रथम सम्मेलन आज सम्पन्न भएको छ ।
धनुषाको नकटाझिरस्थित कृषि फर्ममा महिला किसान संघ नेपाल मधेस प्रदेशको प्रथम सम्मेलन सम्पन्न भएको हो । सम्पन्न सम्मलेनले आशिका गिरीको नेतृत्व २५ सदस्यीय महिला किसान संघ मधेस प्रदेश कमिटि गठन गरेको हो ।
बन्दसत्रमा सहभागी किसान संघका प्रतिनिधिहरुले सर्वसम्मतरुपमा नवगठित कार्यसमिति चयन गरेका हुन । नवगठिन कमिटिको उपाध्यक्षद्वयमा पार्वती चौधरी, उषा दाहाल, सचिवमा शुशिला पाण्डे, कोषाध्यक्षमा मिना सुनुवार र उपसचिवमा सुनिता चौधरी र सरस्वती चौधरीसहिका चयन भएका छन् ।
उद्घाटनसत्रमा सहभागीहरुले नवगठित किसान संघले मधेसका महिलाहरुलाई लक्षित गरेर काम गर्न आग्रह गरेका छन् । महिलाहरुको अक अधिकारका लागि धेरै्र संघ संगठन भएतापनि वास्तविकरुपमा कसैले काम गर्न नसकेको वक्ताहरुले जोड दिँदै भने, ‘कम्तीमा यो संघले पिछिडिएका महिलाहरुको हक अधिकार सुश्चित गर्ने काम गरोस, महिलाहरुको क्षमता बढाउने काम गरोस ।’
सम्मेलनमा सहभागी वक्ताहरुले नयाँ कार्यसमितिको सफलताको शुभकामनासमेत दिएका थिए । महासंघका केन्द्रिय उपाध्यक्ष राजकुमार उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एमाले केन्द्रिय सदस्य एवम् महिला किसान संघको केन्द्रिय अध्यक्ष सरिता भुसाल, उपमहासचिव प्रेम नारायण अधिकारी, महासंघको केन्द्रिय सचिव उमेश गुप्तासहितकाले सम्मेलनको सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
अखिल नेपाल किसान महासंघको मधेस प्रदेश अध्यक्ष निरञ्जन चौधरीको अध्यक्षतामा उद्घाटनसत्रको कार्यक्रम सम्पन्न भएको थियो ।
मधेस प्रदेशका हरेक जिल्लाबाट गरी १२५ जना प्रतिनिधिहरुको सम्मेलनमा सहभागीता थियो ।