गायक उदित नारायणको एउटा भिडियो यतिबेला चर्चामा छ। भिडियो लाइभ कन्सर्टको हो, जसमा उदितले आफ्ना महिला फ्यानहरूलाई चुम्बन गरिरहेको देखिन्छ। अहिले उनी सो भिडियोलाई लिएर सामाजिक सञ्जालमा चर्को ट्रोल भइरहेका छन्। महिला फ्यानमाथि गरिएको यो व्यवहारमाथि उनका प्रशंसकहरूले प्रश्न उठाइरहेका छन्। तर, उदितले भाइरल भिडियोमा आफ्नो स्पष्टीकरण दिएका छन्।
भाइरल भिडियोमा उदित शोमा फिल्म ‘मोहरा’ को हिट गीत ‘टिप–टिप बरसा पानी’ गाउँदै गरेको देखिन्छ। त्यसपछि केही महिला फ्यानहरू उनीसँग सेल्फी लिन स्टेज नजिक पुग्छन्। उदितले पनि मायापूर्वक उनीसँग सेल्फी लिन्छन् र त्यसपछि उनको गालामा चुम्बन गर्छन्। यसपछि गायक स्टेजको अर्को छेउमा गएर त्यहाँ उभिएको बाउन्सरलाई फ्यानलाई स्टेजको नजिक आउनबाट नरोक्न संकेत गर्छन्। त्यसपछि एक महिला फ्यान स्टेजको नजिक जान्छिन्, जहाँ उदित सेल्फीका लागि स्टेजमा घुँडा टेक्छन् र फोटो खिच्छन्। उदितलाई ती युवतीले गालामा चुम्बन गर्छिन् त्यसपछि उदितले उनको ओठमा चुम्बन गर्छन्।
भिडियोलाई लिएर हंगामा भएपछि गायक उदित नारायणले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा लामो स्पष्टीकरण दिएका छन्। उनले यसलाई ‘प्रेमको अभिव्यक्ति’ भनेका छन्। उदितले भनेका छन्, 'फ्यानहरू धेरै पागल हुन्छन्। हामी त्यस्तो होइनौं। हामी सभ्य मानिस हौं। यो कुरा भाइरल बनाएर के गर्ने? भीडमा धेरै मानिसहरू थिए र हामीसँग अंगरक्षकहरू पनि थिए। तर फ्यानहरूले हामीलाई भेट्ने मौका पाउनु पर्छ जस्तो लाग्छ। त्यसैले यस्तो अवस्थामा कोही हात मिलाउन हात फैलाउँछन्, कोही हातमा चुम्बन गर्छन्। यो सब पागलपन हो, यसमा त्यति ध्यान दिनु हुँदैन।'
उदित आफ्नो स्पष्टीकरणमा भन्छन्, ‘म यो उद्योगमा आएको ४६ वर्ष भयो। मेरो छवि यस्तो भएको छैन। जब फ्यानहरूले मलाई माया गर्छन्, म हात जोड्छु। यो समय फर्केर आउला कि नआउला भनी सोच्दै मञ्चमा निहुरिए।'
उदितले अगाडि भने, 'मेरो परिवारको छवि यस्तो छ कि सबैले विवाद चाहन्छन्। मेरो छोरा आदित्य सधैं शान्त हुन्छ। विवादमा आउँदैन। जब म स्टेजमा गाउँछु मयो पागलपन हो। फ्यानहरूले मलाई माया गर्छन्, मलाई पनि लाग्छ उनीहरू खुसी होस्। खैर, हामी यस प्रकारका मानिसहरू होइनौं। हामीले पनि उनीहरूलाई खुसी बनाउनुपर्छ।'
सामाजिक सञ्जालमा गायकका बारेमा विभिन्न खालका कुराहरू लेखिएका छन्। यसअघि केही मानिसहरूले यो एआई-जेनरेट गरिएको भिडियो भन्दै आएका थिए।
भिडियो सेयर गर्दै राहुल कुमार नामका एक प्रयोगकर्ताले लेखेका छन्, ‘उदित यति निर्लज्ज कसरी हुन सक्छन्। उहाँप्रतिको मेरो सम्मान आजदेखि समाप्त भयो। आफ्नी छोरी उमेरका केटीहरूसँग उनको यस्तो व्यवहार अपेक्षित थिएन।’
सोही क्रममा चिली विथ चेतन नामका अर्का एक प्रयोगकर्ता लेख्छन्, ‘मलाई आफ्नो आँखामा विश्वास लागेको छैन। यो के हुँदैछ। हामी यी सेलिब्रेटीहरूलाई भगवान् मान्छौँ।' एजेन्सी