वीरगंज – जनमत पार्टी, पर्साको लोककल्याणकारी अभियान अन्तर्गत सञ्चालन भइरहेको निःशुल्क आँखा शिविर अन्तर्गत आज बिन्दवासिनी गाउँपालिका वडा नं. ३ झौवा र वीरगंज महानगरपालिका वडा नं. २१ परवानीपुरमा १६औं र १७औं शिविर सम्पन्न भएको छ।
झौवामा आयोजित शिविरमा ३ सय ५४ जनाले सेवा लिएका छन्, जसमा १२० जनामा मोतियाबिन्दु देखिएको छ। त्यस्तै, परवानीपुरमा ६१ जनाले आँखा जाँच गराउँदा १९ जनामा मोतियाबिन्दु पुष्टि भएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले जानकारी दिए।
मोतियाबिन्दु भएका बिरामीहरूको शल्यक्रिया वीरगंज सामुदायिक आँखा केन्द्रमा निःशुल्क गरिने उनले बताए।
बिन्दवासिनीको शिविर पालिका अध्यक्ष ललन (बिनोद) चौरसियाको अध्यक्षतामा सम्पन्न भएको थियो भने परवानीपुरको कार्यक्रम वडा नं. २२ का इकाई अध्यक्ष विष्णु कुशवाहाको अध्यक्षतामा सम्पन्न भयो।
शिविरमा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, नेताहरू सुजित चौरसिया, रामबाबु चौरसिया, महेश चौरसिया, युवा नेता उदय यादव, संजय सिंह, लोकेश कर्णे लगायतको सक्रिय सहभागिता रहेको थियो।
अध्यक्ष सरार्फका अनुसार अहिलेसम्म जनमत पार्टी पर्साको निःशुल्क आँखा शिविरबाट २,२६० भन्दा बढी नागरिक लाभान्वित भएका छन् भने ५५६ भन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।
उनले यो अभियान पर्साका गाउँदेखि सहरसम्म निरन्तर जारी रहने बताए।