वीरगञ्ज : पचरौता नगरपालिकामा एचपिभी खोप अभियानको सम्बन्धमा पत्रकार र विद्यालय शिक्षकहरुलाई पालिका स्तरको एकदिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बिहिबार नगरपालीकाको कार्यालयमा भएको कार्यक्रमको उद्देश्य एचपीवी खोपको लक्ष्य, उद्देश्य, उपलब्धी, र हालको अवस्था बारेमा जानकारी दिनु थियो। साथै, पाठेघरको मुखको क्यान्सरको निवारण, एचपीवी खोप अभियानको औचित्य, र खोप कार्यक्रम सञ्चालन प्रक्रिया बारे पनि चर्चा गरिएको थियो।
कार्यक्रमको दौरान खोप समन्वय समितिका सदस्यहरु, सञ्चार क्षेत्रका व्यक्तिहरु, र अन्य सरोकारवालाहरुलाई जिम्मेवारी र भूमिकाबारे जानकारी दिइएको थियो। एचपीवी खोप अभियानको सफलताका लागि स्थानिय स्तरबाट थप सहयोग जुटाउने, श्रोतको पहिचान गर्ने र जिम्मेवारीको बाँडफाँडमा छलफल गरिने विषयमा पनि विस्तृत रुपमा कुराकानी भएको थियो।
उक्त अभियान आगामी फागुन ४ देखि ६ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको छ, र यसमा मुख्यत: छात्रा र किशोरीहरुलाई खोप दिने लक्ष्य राखिएको छ।
कार्यक्रममा नगर प्रमुख जलंधर सिंह, नगर उप प्रमुख नसीमा खातुन, प्रमुख प्रशासकीय अधिकृत गौरी साह, वडा अध्यक्ष लक्ष्मी यादव, गगनदेव यादव, धेनुक राउत, प्रेम चौधरी, शिक्षा संयोजक बसन्त राज जोशी, शिक्षा सहायक मुकेश सिंह लगायतका प्रमुख शख्सियतहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रशिक्षण विजय शंकर ठाकुरले दिएका थिए।