वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० मा शनिबारदेखि दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सुरु भएको छ।
ठाकुरराम बहुमुखी क्याम्पसको महिला छात्राबासको खेलमैदानमा घडिअर्वा स्पोर्टस क्लबको सहयोगमा वडा नम्बर १० को वडा कार्यालयले आयोजना गरेको प्रतियोगिताको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका पूर्वअध्यक्ष गणेश लाठले उद्घाटन गरेका हुन् ।
प्रतियोगिताको उद्घाटन गर्दै अहिलेको सरकारले खेलाडीहरुलाई केही पनि नदिएको गुनासो गरे । उनले खेलकुद क्षेत्रमा सरकारको लगानी बढाउनुपर्नेमा जोड दिए।
वडाध्यक्ष सुशील साह कानुले खेलकुदले युवाहरुको भविष्य बिग्रन नदिने र अनुशासित पनि बनाउने बताए । कानुले वडामा खेलकुद गतिविधी बढाउन र बढी भन्दा बढी युवालाई खेलकुदमा सक्रिय गराउन क्रिकेट प्रतियोगिताको आयोजना गरेको बताए ।
प्रतियोगिताको उदघाटन समारोहमा प्रदर्शन गरिएको मार्च पासमा माउण्ट मकालु मावि प्रथम, रामचरण साह पन्नालाल मावि द्वितीय र लिटिल एन्जल्स मावि तृतीय भएका थिए । मार्च पासमा सात वटा विद्यालयले भाग लिएका थिए।
शनिबारदेखि सुरु प्रतियोगितामा वडा नम्बर १० का ८ वटा टिमले भाग लिएका छन्।प्रतियोगिताको फाइनल खेल चैत ३ गते हुनेछ ।
वडाध्यक्ष कानुको अध्यक्षतामा भएको उद्घाटनमा शिवपार्बती अतिथि सदनका अध्यक्ष प्रमानन्द साह कानु, ठाकुरराम क्याम्पसका प्रमुख रंजित यादव, वडा सदस्यहरु सन्तोष जैशी, प्रभु महतो,प्रेमशीला देवी,घडिअर्वा छठपूजा ब्यवस्थापन समितिका अध्यक्ष दिलिप साह कानु, घडिअर्वा स्पोर्टस क्लबका अध्यक्ष सन्तोष कानु, सचिव सन्तोष गुप्ता, शिक्षक विनोद गिरी, प्लाब्सन का सचिव राहुल श्रीवास्तव लगायतको उपस्थिती रहेको थियो ।