बीरगंज - जनमत पार्टी पर्साको लोककल्याणकारी अभियान अन्तर्गत चलिरहेको निशुल्क आखा शिविर अन्तर्गत हिजो र आज गरि तीन वटा शिविर सम्पन्न भएको छ।
कालिकामाई गाउँपालिका वडा नम्बर -३, धोबिनी गाउँपालिका वडा नम्बर -२ र वीरगन्ज वडा नम्बर -२२ मा गरि तीन वटा शिविर सम्पन्न भएको छ ।
सो तीन वटा शिविरहरुमा ३१५ जना लाभान्वित भएका छन् भने १०३ जनामा मोतियाबिन्द भेटिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले जानकारी गराए ।
मोतियाबिन्दु भएकाकोहरुको शल्यक्रिया वीरगन्ज सामुदायिक आखा केन्द्रमा निशुल्क रुपमा गरिने अध्यक्ष सरार्फले बताए ।
कार्यक्रमहरुमा नेताहरू गौरीशंकर गुप्ता, प्रदीप साह, अनिता रौनियार ,नजमा खातुन , अमरनाथ सिह राठौर,अमिरखा कुर्मी रामरतन राम ,रुक्साना खातुन लगायतको सक्रिय सहभागीता रहेको थियो ।
यों अभियानबाट अहिले सम्म २५ सय ७५ भन्दा बढी जन समुदाय लाभान्वित भएका छन भने ६०४ भन्दा बढीको मोतिया बिन्दको शल्यक्रिया सफलता पुर्वक सम्पन्न भएको जिल्ला अध्यक्ष सरार्फले उल्लेख गरे ।
यो अभियान पर्साको गाउँ देखि सहर सम्म जारी नै रहने अध्यक्ष सरार्फले बताए।