११४ औ अन्तराष्ट्रिय महिला दिवशको अवसरमा पर्साको पटेर्वा सुगौली गाउँपालिकाले २५ जना दलित महिलाहरुलाई सुत्केरी सहायता प्रदान गरेको छ ।
महिला माथि लगानीको वृद्धि प्रगति र सम्मवृद्धि कार्यक्रम अन्तर्गत गाउपालिकामा रहेको पाच वटा वडा बाट ५/५ पाच जना गरी पचीस जना दलित महिलालाई रु. ५ हजारको दरले सुत्केरी सहायता प्रदान गरेको हो l
सो कार्यक्रम मा थारू समुदायको महिलाहरुलाई ढकिया, पथिया, हट्केस, टीमेट, डस्टबिन बनाउन सात दिने प्रशिक्षण कार्यक्रमको पनि उदघाटन भएको छ l
गाउँपालिकले आयोजना गरेको सो कार्यक्रममा कार्यक्रममा पटेर्वा सुगौली गाउपालिका कार्यपालिका महिला सदस्यहरुको सहभागिता रहेको थियो l
पटेर्वा सुगौली गाउपालिका का महिलाहरुको आयमा वृद्धि गर्ने उदेशले सो कार्यक्रम गरिएको अध्यक्ष दिनेश चौधरीले बताए l
सो कर्यक्रममा गाउपलिका कि उपाध्यक्ष ममता महतो थारूले गाउपालिकामा रहेका महिलाहरुको जिवन स्तरमा वृद्धि हुने बताइन् l
प्रशिक्षित महिलाले उत्पादन गरेका ढकिया, पथिया,हट्केस, टीमेट, डस्टबिन गाउपलिकाले बाजारीकरण गर्ने उपाध्यक्ष महतोको भनाइ छ l