शिक्षा विकास तथा समन्वय इकाइ पर्साको सहजीकरणमा जिल्ला प्रशासन कार्यालय, पर्साको आयोजनामा माध्यमिक शिक्षा परिषद् २०८१ लाई मर्यादित र व्यवस्थित बनाउन सरोकारवालाहरुको छलफल र अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय, पर्साको सभाहलमा सोमवार भएको छलफल कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यसपालि परीक्षालाई कडाइका साथ अनुगमन र निरीक्षण गर्ने बताए ।
उनले परीक्षाको क्रममा भेटिने विकृति, विसंगतिहरु र दोषीलाई कडाभन्दा कडा कारबाई गर्ने चेतावनी दिएका छन् । प्रजिअ अर्यालले कानून सम्मत परीक्षालाई धांधलीरहित, भयरहित, स्वच्छ, मर्यादित परीक्षा गराउनको लागि जिम्मेवार निकायलाई जिम्मेवार बनाउने बताए ।
उनले शिक्षक–शिक्षिकाहरुलाई परीक्षा केन्द्रमा प्रवेश गर्नुभन्दा अगाडि चेकजा“च गरिने बताए । विद्यार्थीहरुलाई त्रसित बनाउने किसिमले अनावश्यक व्यक्तिहरुको परीक्षामा प्रवेश गर्न नदिने बताए । उनले स्थानीय प्रशासनको सिफारिस गरेपछि मात्र अनुगमन टोलीले अनुगमन गर्न पाउने बताए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्की, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, अनुसन्धान उपनिर्देशक दिलीप सिंह, वीरगंज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख हरि राउत कुर्मी, शिक्ष शाखा अधिकृत आनन्द लामिछाने, बहुदरमाई नपाका प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंह, पोखरिया नपाका प्रमुख प्रशासकीय अधिकृत विनय श्रीवास्तव, नेपाल शिक्षक महासंघ पर्साका प्रमुख तीर्थराज यादव, सिद्धार्थ माविका प्रअ विनोद मेहता, त्रिजुद्ध माविका प्रअ नवीन सिंह, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, एन प्याब्सन पर्साका जियालाल गुप्ता, शिक्षक अभिभावक संघका सन्दीप साह, विभिन्न पालिकाहरुका प्रमुख प्रशासकीय अधिकृत, पुस्तक व्यवसायीलगायतका व्यक्तिहरुको सहभागिता थियो ।