जनता समाजवादी पार्टीका पर्सा सचिव युवा नेता तवरेज अहमदले युवाहरु सामाजिक रुपान्तरणका आधार स्तम्भ भएको बताएका छन ।
लिभिङ्ग विथ इनभाइरोन्मेन्टले आयोजना गरेको जिल्ला शाखाको पदस्थापन समारोहलाई सम्बोधन गर्दै अहमदले गतिशिलता र इमान्दारीताको प्रतीक आजको युवा बन्नु पर्ने बिचार ब्यक्त गरे ।
उनले उमेर त एउटा कुरा भयो युवाको परिभाषाका लागि तर युवा जोश र जाँगर निष्ठा र क्रियाशिलतालाई उमेर हदको घेरा भित्र सीमित गर्न नहुने बताए । उनले भने युवा उमेर पार गरेका बयस्कहरुमा त्यो बिशेषता देखिन्छ भने त्यो पनि युवा जोश र जाँगरयुक्त भन्न मिल्ने बताए ।
उनले आजको युवा प्रष्ट हुनु पर्ने बताए । सामाजिक अभियान रहक मात्र नभएर प्रतिफल प्राप्त योग्य बनाउन आवश्यक रहेको बताए । उनले स्वष्छ वतावरणा जीवनकोलागि आवश्यक रहेको कुरालाई समाजले पहिचान गर्ने बतावरण बनाउन आफूहरु तयार रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले स्वच्छ वतावरणमा जीवन यापन गर्न पाउनेकुरा सम्बिधानले ग्यारेन्टी गरेको चर्चा गर्दै त्यो प्रवन्ध क्रियान्वयनमा सरकारहरु उदासिन रहेको चर्चा गरे ।
उनले स्वच्छ वतवारणको मुद्धा बिश्वब्यापी उठेको चर्चा गर्दै स्वच्छ वतावरणको प्रत्याभूतीकालागि सरकारहरुलाई जिम्मेवार बनाउन अभियान चालउनु पर्ने सुझाव दिए ।
जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले पोखरी सैन्दर्यकरणको नाममा वतावरण संरक्षणको मौलीकपनलाई नष्ट गर्ने काममा सरकारहरुले लागेको भन्दै आलोचना गरे ।
लिभिङ्ग विथ इनभाइरोन्मेन्टका केन्द्रीय अध्यक्ष आकाश चौहानको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको पर्सा शाखाको संयोजकमा अनमिका तिवारी,सहसंयोजकमा लकी बरनवाल,सचिवमा आयुष्मा सोनी,कोषाध्यक्षमा सुमन ठाकुर कार्यक्रम संयोजकमा अलोक मण्डल, सूचना अधिकारीमा उज्ववल राउत र सदस्यहरुमा प्रार्थना साह,बिकी सिंह र धिराज लाई पदास्थापित गरिएको थियो ।
साथै संस्थाकाे साधारण सभाले पर्यावरण अभियानमा काम गर्ने वा पर्यावरणको संरक्ष प्रोत्साहन गर्ने व्यक्तिहरूलाई २०२५ देखि प्रतिवर्ष १० हजार रुपैयाँको सहायता प्रदान गर्ने निर्णय गरेकाे केन्द्रिय अध्यक्ष चाैहानले जानकारी दिए ।
कार्यक्रममा कृष्ण चौरसिया, राजन रौनीयार दिपु वर्णवाल, प्रभात सिंह, प्रभाकर चौरसिया, ऋषि पटेल, रुपक पटेल, राेहित गुप्ता, फिराेज अन्सारी लगायतकालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सदस्य निरज पिठाकोटे ,समाजवादी प्रेस संगठन, पर्साका अध्यक्ष शम्भु कुमार सुमन, बिमला गुप्ता ,सन्तोष मिश्र , लालबाबु सिंह, अजित भूजेल लगायतको सहभागिता रहेको थियो ।