जनकपुरधाममा तीन दिनका लागि माँस मदिरा सेवन तथा बिक्रीमा धार्मिक तथा ऐतिहासिक मिथिला मध्यमा परिक्रमा जनकपुरधाम प्रवेश गर्ने अवसरमा स्थानीय प्रशासनले तीन दिनको लागि माँस मदिरा सेवन र खरिद बिक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
यो प्रतिबन्ध आज राति १२ बजेदेखि चैत १ गते मध्याह्नसम्म लागू हुनेछ । धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले एक सूचना जारी गर्दै मिथिला क्षेत्रका परिक्रमा स्थल र त्यसको आसपासमा कडाइका साथ माँस र मदिरा सेवन तथा विक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् । यस प्रतिबन्धको उद्देश्य धार्मिक र सांस्कृतिक सद् भावना कायम राख्नु र सुसंस्कृत वातावरणमा पर्व मनाउनु रहेको प्रशासनले जनाएको छ ।
मिथिला बिहारीजी र किशोरीजीको डोलासहित मिथिला मध्यमा परिक्रमा २ ९ गते जनकपुरधाम प्रवेश गर्नेछ र त्यसपछि विहानपल्ट नगर परिक्रमा गर्ने परम्परा रहेको छ ।
प्रमुख जिल्ला अधिकारी कडरीयाले नगरबासीलाई प्रतिबन्धको पूर्ण पालन गर्न आग्रह गर्दै भने, ‘मिथिला मध्यमा परिक्रमा गर्ने र त्यसको आसपासको क्षेत्रमा कुनै पनि प्रकारको माँस र मदिरा सेवन र विक्री वितरण गर्न निषेध गरिएको छ । हामी सबैलाई अपिल गर्दछौं कि यस नियमको पालना गरौँ ।’
यसैगरी, प्रशासनले होलीको दिन नशालु पदार्थको सेवन गरी हो–हल्ला गर्ने, बाटोमा हिँड्ने महिलाहरूसँग अभद्र व्यवहार गर्ने जस्ता कदाचार नगर्न पनि चेतावनी दिएको छ । होलीका अवसरमा सामाजिक मेलमिलाप र सद्भावना कायम राख्न सबैलाई ध्यान दिन अपिल गरिएको छ । जनकपुरधाम र मिथिला क्षेत्रको सांस्कृतिक महत्त् वलाई ध्यानमा राख्दै प्रशासनले यस्तो कदम उठाएको हो ।
यस प्रतिबन्धको उद्देश्य धार्मिक पर्वलाई श्रद्धा र सम्मानका साथ मनाउनु र यससँग सम्बन्धित सामाजिक सद्भावलाई प्रोत्साहन गर्नु रहेको जनाएको छ ।