जनकपुर – चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको छ। सम्मेलनको बन्द सत्रबाट विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरिएका छन्।
सम्मेलनले २९ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ, जसमा सुनिल कुमार यादव अध्यक्ष चयन भएका छन्। उपाध्यक्षमा किती आक्री र राजेश भण्डारी, महासचिवमा वासुदेव डल्लाकोटी, सचिवमा राम नारायण महतो, तथा कोषाध्यक्षमा नन्दकिशोर राम चयन भएका छन्। अन्य सदस्यहरूमा विनोद अधिकारी, जाहिद अन्सारी, संजय प्रसाद साह, संगिता लामा, उपेन्द्र यादव, फुलगेन पासवान, सुरज राम लगायत रहेका छन्।
प्रमुख निर्णयहरू:
१. प्रदेश तथा जिल्ला समिति गठन:
एक महिनाभित्र बाँकी रहेका सबै प्रदेश र जिल्ला समितिहरू गठन गर्न जिम्मेवारी सम्बन्धित प्रदेश समितिलाई दिने निर्णय।
2. चुरे वनजंगल संरक्षण अभियान:
चुरे वनजंगल विनाशबाट प्रभावित क्षेत्रहरू (बर्दिवास, सिन्धुली, निजगढ, लालबन्दी, बागमती, चितवन, ईटहरी) मा चैत १५ देखि २० गतेसम्म ‘चुरे जनजागरण यात्रा’ सञ्चालन गर्ने।
3. अवैध खानी उत्खननको विरोध:
संघीय सरकारको ध्यानाकर्षण गराउन काठमाडौं माइतीघर मण्डलामा अनिश्चितकालीन विरोध प्रदर्शन गर्ने निर्णय।
4. अभियानको नेतृत्व:
अभियानको केन्द्रीय संयोजकमा प्रमोद कुमार साह र प्रेस सल्लाहकारमा पत्रकार दीपक कुमार कर्ण नियुक्त।
सम्मेलनले चुरे क्षेत्रको विनाश रोक्न प्रभावकारी कदम चाल्न सरकारलाई दवाव दिने निर्णय गरेको छ। साथै, वातावरण संरक्षणका लागि जनस्तरबाट व्यापक जनचेतना फैलाउने प्रतिबद्धता व्यक्त गरेको छ।