वीरगञ्ज महानगर पालीका वडा नं. १० वडा समितिको कार्यालयद्धरा आयोजित दोस्रो वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि कोशी टिमले जितेको छ । ठाकुरराम कलेजको खेल मैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा बागमति टिमलाई ९ विकेटले हराउदै कोशी टिमले उपाधि उचालेको छ ।
आज भएको फाइनल खेलमा बागमति टिमले २० वेभरको खेलमा १ सय ४९ को लक्ष्य दिएको थियो । टस हारेर ब्यटिङ्ग गरेको बागमतिका बिक्की गुप्ताले सर्वाधिक ३९ रन बनाएका थिए । त्यस्तै, अनमोल गुप्ताले ४ रन, बिनोद कानुले १८ रन, करण पटेलले ३५ रन, शुभम गुप्ताले १६ रन आन्नद गुप्ताले ९ रन, राहुल कानुले १ रन गरी १ सय ४९ रनको लक्ष्य दिएका थिए ।
१ सय ४९ रनको लक्ष्य पाएका कोशिका लागि ओपन गएका राहुल साहले नट आउट सर्वाधिक ६१ रनको योगदान गरे । त्यसैगरी सुमन साहले ५१ रन र सागर साहले ३५ रन जोडेरे जित हात पारेको हो ।
बलिङमा कोशीका लागि सन्नी साहले ४ ओभरमा ४८ रन खर्चेर १ विकेट लिए । त्यसैगरी आनन्द जितले ४ ओभरमा ४३ रन, आनन्द गुप्ताले ४ ओभरमा २७ रन खर्चेका थिए । त्यसैगरी सुर्र्य चौधरीले २ ओभरमा २२ रन खर्चेको थिए । टिम कोशीका ओपनर ब्याट्सम्यान ले सतकिय साझेदारी गरि आफ्नो टिमको जित सुनिश्चित गरेका थिए । आजको खेलको मैन अफ दि म्याच राहुल साह घोषित भएका थिए ।
वडा स्तरीय खेल वडा अध्यक्ष सुशिल कुमार कानुको अध्यक्षतामा सम्म्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि मेयर राजेशमान सिंहले खेलमा हारजित हुने हुदा यसमा कसैले पिर मान्नु नपर्ने बताए । उनले वडा अध्यक्ष कानु लाई धन्यवाद दिदै भने वडा नं १० ले आयोजना गरेको क्रिकेट टुर्नामेन्ट एकदम सर्हानिय रहेको आउने दिनमा पनि यस्ता खेलहरु को निरन्तर आयोजना हुनेना आफूले विश्वास लिएको बताए ।
अध्यक्ष कानुले चुनाबको बेला आफुले गरेको प्रतिवद्वता अनुसार नै हरेक वर्ष क्रिकेट टुर्नामेन्टको आयोजना गर्दै आएको बताए । साथै आउने दिनमा ठाकुर राम कलेज कै शिक्षा भवन अन्तरर्गत खालि रहेको खेल मैदानमा ब्याडमिन्टन कोट र बास्केटबल कोट निर्मान गर्ने आफ्नो योजना रहेको बताए ।
समापन कार्यक्रममा अतिथिका रुपमा वडा सदस्यहरु संतोषज जेसि चौलागाईं , प्रभु महतो घडिअर्वा स्पोर्ट्स क्ल्बका अध्यक्ष संतोष कुमार साह , टुर्नामेन्ट खेल सहयोजक लखन लाल गुप्ता , छठ पुजा ब्यवस्थापन समितीका अध्यक्ष दिलिप साह कानु , समाज सेवि प्रभाकर गुप्ता लगायतको उपस्थिति रहेको थियो ।