मारवाडी महिला मञ्चद्वारा निशुल्क स्वास्थ्य सिविर शनिबार सम्पन्न भएको छ । उक्त सिविरमा ९७ जनाले उपचार लिएका छन् ।
निशुल्क स्वास्थ्य तथा ल्याब चेक–अप सिविर वीरगञ्जको टिवडेवाल धर्मशालामा सञ्चालन भएको थियो । एकदिने सिविरमा ३९ जना महिला तथा ५८ जना स्थानीय पुरुषले स्थास्थ्य चेकजाच गराएको मञ्चकि अध्यक्ष रेणु अग्रवालले जानकारी दिइन् ।
बिरामीहरुको निशुल्क चेकजाच फिजिसियन डा.उज्जवल कुमार श्रीवास्तवले गरेका थिए । डा.र श्रीवास्तवका अनुसार बिरामीहरुमा बढी थाइराइड, मधुमेह तथा उच्च रक्तचापको समस्या देखीएको बताए ।
अध्यक्ष अग्रवालका अनुसार मरवाडी महिला मञ्चले अहिले सम्म थुर्पै सामाजिक कामहरु गर्दै आएको छ । यस अघि मञ्चले नारी दिवसको अवसरमा मानव सेवा आश्रममा आवस्यक्ता अनुसारको सामग्री वितरण गरिएको तथा गौशालामा गाईहरुको आहारा वितरण लगायको सामाजिक कार्य गरिरहेको उनले बताइन् ।
सो सिविरमा मञ्चकि अध्यक्ष अग्रवाल सहित सचिव राजु घोडावत, संयोजक रेखा वैद्य, पिंकि कनोडीया, सेराज धिरइया , संतोष मित्तल, सोनी चाचान, सिता अग्रवाल, पुनम सिघांनीया, कविता , स्वेता मस्करा , आशा अग्रवाल , संगिता तुलस्यान , कविता हलाल ,लता छपलिया , सिलोचना गुप्ता , बेला केडीया उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा मञ्चले १४ वना स्वास्थकर्मीहरुलाई मायाको चिनो तथा प्रशंसापत्र प्रदान गरेका थिए ।