हरेक दिन बिहान घर बनाउने कामदारको लामो लाईन हुन्छ ,वीरगञ्जको घण्टाघरमा । पर्साका विभिन्न पालिकाबाट हातमा सिप भएका ज्यामी, डकर्मी, सिकर्मी, प्लम्बर र राजमिस्त्रीहरु बिहान ७ : ३० बजे वीरगञ्जको घण्टाघरमा कामको लागी आउने गरेका छन् । पोखरीया नगरपालिका वडा नं ४ का उमेश चौहान पनि हरेक दिन बिहान ८ बजे वीरगञ्जको घण्टाघरमा कामको खोजीमा आउछन ।
उनी १५÷१६ वर्ष देखि राजमिस्त्रीको काम गर्दै आइरहेका छन् । हातमा सिप भए पनि काम नपाउदाँ दुई दिन देखि रित्तै हात घर फक्र्ने गरेको भन्दै उनले दुःख व्यक्त गरे । “उनले भने” हामी बिहानै यहा आएर बसेका हुन्छौँ, ठेकेदार र साहुहरुले काममा लिएर जांदा त केही आम्दानी हुन्छ, तर काम नपाएको हामी रित्तै हात घर फक्र्ने गरेका छौँ । काम नपाउदाँ समस्या त हुन्छ नी ।
घरमा ६ जनाको परिवार छ, खाना, लुगा र स्कुल फिस कसरी तिर्ने बच्चाहरुको रु एक दिनको ज्यालादारी ७ सय रुपैया हुन्छ । त्यसमा आफ्नो घर चलाउन सहज भए पनि प्रत्येक दिन कमाई भने हुदैन ।
वीरगञ्जमा अनौपचारीक श्रमबजारको रुपमा रहेको घण्टाघर हो उनीहरुको थलो । यहा हरेक दिन ५ सयको हाराहारीमा रोजगारको लागि मजदुरहरु आउने गरेका छन् । वीरगञ्जको धेरै स्थानमा यस्ता भिड देख्न पाईन्छ । माईस्थान,घण्टाघर,नगवा पोखरी, लागयतका स्थानमा रोजगार खोज्न आउनेको संख्या बढ्दै गएको देखिन्छ ।
देशमा रोजगारीको अभाव भए पनि विभिन्न सरकारी कार्यालय, संघ संस्था तथा प्रइभेट कार्यालय पसलहरुमा समेत काम गर्नेको संख्या निकै कम रहेको छ । काम नपाएर बसेका कतिपय कामदार बजारतिर वा घण्टाघरमा आंउदा कुनै काम पाइहालिन्छ की भन्ने आश रहेको बताउछन वीरगञ्ज महानगपालिका वडा नं १ छपकैँयाका रामपुकार साह त्यसैले उनी आफुपनि घण्टाघरमा कामको लागी आएको बताए ।
रामपुकार बिगत ८ वर्ष देखि लेबरको रुपमा काम गदैँ आइरहेका छन । व्यवस्थित कामदारको लागी स्थान नहुदाँ अधिकांस कामदारहरुको घरमा चुलो समेत जलाउन समस्या हुने गरेको उनीहरुको भनाई छ । हाम्रो लागी यहाँ कुनै सेवा सुविधा छैन, हुनत हामी महानगरका बासी हौँ तर यहा हाम्रो लागी बस्ने ठाउँ छन , नत कुनै सम्पर्क व्यक्ती नत कुनै ठेकेदार छ,। यहा त शौचालयको समेत व्यवस्था छैन, विहान ८ बजे देखि ११÷१२ बजे सम्म बस्छौँ, ३ घण्टाको अन्तरालमा दिशा,पिसाब तथा खाने पानीको समेत समस्या हुन्छ ।
सयौँको संख्यामा आउने काम दारको लागी महानगरले बस्न तथा श्रमबजारको व्यवस्था गरेको भए राम्रो हुन्थ्यो, साहले भने । काम नपाएर आफु मात्र नभई घरका सदस्यलाई समेत असर परेको साहको भनाई छ । बजारमा यसरी बस्दा नेपाल प्रहरी र महानगरका नगरप्रहरीले समेत उनीहरुलाई भगाउने गरेको घण्टाघरका कामदारहरुको भनाई छ ।
देशमा अर्थिक समस्या आएको कारणले अहिले रोगजार पाउन समस्या भएको देखिन्छ । तर पछिलो ४÷५ वर्ष वा २०७४÷०७५ मा यसरी रोगजारीको लागी घण्टाघरमा काम खोज्ने कामदारको संख्या यती धेरै थिएन । आर्थिक मन्दी र बैँक तथा विभिन्न सहकारी संस्था बन्द भएको कारणले आम जनता संग पैसाको अभाव रहेको देखिन्छ । नेपाल सरकारले १० हजार युवालाई रोजगारी सिर्जना गर्ने विभिन्न संघ संस्था संग सहकार्य गरिरहेको छ ।
दिनको ५ सय देखि ८ सय सम्म कमाउने काम दारको घरमा एक दिन काम नपाए पछि उनीहरुलाई कति समस्या हुन्छ त्यो कसैले जान्न चाहेको छैन रु त्यस्तै पर्सा पकाहामैनपुर वडा नं ४ का सलिम मिया ३० वर्ष देखि राजमिस्त्रीको काम गदैँ आएका छन् । उनी सधै विहान ८ बजे वीगरञ्जको घण्टाघरमा कामको लागी बस्ने गरेको बताए । बिहान ८ बजे आएपनि काम भने १० सम्म पाउने आस हुन्छ, आस भन्नाले पनि अहिलेको अवस्था हरेक दिन काम पाउन सहज छैन, पहिले भन्दा अहिले यहा कामदारहरुको संखया धेरै छ, त्यती काम पनी पाउदैन ।
कहिले काही काम गर्दा उघारोनै गर्नु पर्छ, कामको खोजीमा विभिन्न स्थानबाट कामदारहरुको यहाँ सधै भिडभाड हुने गरेको छ । रोजगारी नपाउने कामदारहरुको लागी आशाको केन्द्र बनेको छ वीरगञ्जको घण्टाघर । यहां आउदा रोजगारी पाइन्छ कि भन्ने उनिहरुमा विश्वास छ ।