१५ वर्षीया नेपाली बालिकालाई प्रलोभनमा पारेको आरोपमा पर्साका एक युवक पक्राउ परेका छन् ।
"मानव बेचबिखन विरुद्धको इकाइ क्षेत्र मुख्यालय" (बेतिया) कार्यालय ४७ औं कोर, सशस्त्र सीमा बल रक्सौल, पूर्वी चम्पारण, बालिकालाई प्रलोभनमा पारेर भारत तर्फ लग्दै गरेको अवस्थामा मोहम्मद इम्तियाज मियाँ लाई पक्राउ गरेको छ।
नेपाल बाट भारत तर्फ बालिकालाई लगदै गरेको गुप्त सुचना को आधारमा सिमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा शंकाको आधारमा मोहम्मद इम्तियाज मियालाई पक्राउ गरेको भारतीय सिमा सुरक्षा बल ४७ मुख्यालय का ईन्सपेक्टर मनोज शर्माले बताएका छन्
पक्राउ परेका मिया पर्सा जिल्ला रतनपुर घोराईका बासिन्दा हुन् । उनको पहिले नै श्रीमती र तीन छोराछोरी छन्।
मोहम्मद इम्तियाज मियाँलाई सोध्दा उनले आफू मजदुरीका लागि नाबालिक किशोरी अञ्जली कुमारी (उमेर–१५) को गाउँ गएको बताएका छन्। त्यसपछि उनीसँग मित्रता गर्ने प्रयास गर्न थाले र केही समयमै युवतीसँग मित्रता भयो । पछि विवाह गऱ्यौ पक्राउ परेका युवकले बयानमा भने।
युवतीले भनिन् कि पहिले ती व्यक्तिले आफूलाई आफ्नो नाम वीरेन्द्र बताए तर प्रेममा परेपछि उसले आफ्नो नाम मोहम्मद इम्तियाज मियाँ भएको बताए।
बालिकाका परिवारसँग कुरा गर्दा उनीहरुले छोरीलाई केही अपरिचित मजदुरले प्रलोभनमा पारेको र यस सम्बन्धमा नेपाल प्रहरीमा किटानी जाहेरी परेको बताए ।
बालिकाका परिवारलाई रक्सौलमा आफ्नो छोरीको उद्धार गरिएको जानकारी हुँदा उनीहरु निकै छक्क परेका थिए किनभने उनीहरुले छोरी सदाको लागि हराएको ठानेका थिए ।
बालिका र दोषीलाई अख्तियारले इनरवा प्रहरी चौकी वीरगन्जलाई बुझाएको छ ।