कानु समाज नेपाल जिल्ला कार्य समिति पर्सा तथा कानु अतिथि सदन निर्माण समितिको आयोजनामा होली मिलन समारोह तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
वीरगञ्ज स्थित लक्ष्मी नारायण पार्टी प्यालेसमा शुक्रबार समितिका जिल्ला अध्यक्ष लक्ष्मण साह कानुको अध्यक्षतामा होली मिलन समारोह तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
नेपालीहरुको महान पर्व फागू पूर्णिमा तथा होलीको अवसरमा अबिर टिका लगाइ एक आपसमा शुभकामना साटासाट गर्ने तथा भाइचारा र आत्मियताको विकास गर्ने अभिप्रायले होलि मिलन समारोह कार्यक्रमको आयोजना गरिएको अध्यक्ष लक्ष्मण साह कानुले बताए ।
होलीको मौलिकतालाई जोगाई राख्न तथा समाजिक सद्भाव कायम राख्न होली मिलन समारोहको अवसरमा स्वजातियहरु एकजुट भएको कानु अतिथि सदन निर्माण समिति पर्साका अध्यक्ष नरेश साह कानुको भनाई छ ।
पछिल्लो समय होली पर्व खर्चिलो तथा भड्किलो बन्दै गएको प्रति वीरगञ्ज महानगर ४ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि जगत प्रसाद साह कानुले सभ्य र मर्यादित ढंगले होली पर्व मनाउनु पर्नेमा जोड दिए ।
यसैगरि वीरगञ्ज महानगर वडा नं.१० वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सुशिल कुमार कानुले अहिलेको व्यस्त जिवनमा यस प्रकारको कार्यक्रमले एक अर्कासंग भेट्ने अवसर प्रदान गर्ने गरेका बताए । साथै सामाजिक मेलमिलाप बढाउने यस प्रकारको स्वजातियहरुद्वारा गरिएको समारोहले भाइचारा र आपसी सम्बन्ध प्रगाढ हुने उनको भनाइ छ ।
सो कार्यक्रममा लोक संस्कृतिको संरक्षणका लागी स्थानीय कलाकारहरुद्वारा लोक गीतका सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । स्थानीय गायक मुन्निलाल प्रदेसी र पप्पु मिश्राले लगायत अन्य कलाकारहरुले पारम्परीक होलीको गित गाएर समारोहमा उपस्थिति सम्पुर्ण कानु स्वजातियलाई झुमाएका थिए ।
कार्यक्रमको सञ्चालन कानु अतिथि सदनका उपाध्यक्ष श्याम गुप्ताले गरेका थिए ।
भने उक्त होली मिलन समारोहको अवसरमा बिशिष्ट अतिथि भारतिय महावाणिज्य दूतावासका काउन्सलर शैलेन्द्र कुमार, काउन्सलर शशिभुषण कुमार त्यसैगरी प्रमुख आतिथिमा वडा नं.८ का वडा अध्यक्ष रितेश गुप्ता, वडा नं. १२ का वडा अध्यक्ष सुरेश गुप्ता, सचीव श्रवण प्रसाद साह, कोषाध्यक्ष ओमप्रकाश गुप्ता, निर्माण समितिका महासचिव बिरेद्र गुप्ता, सदस्य लक्ष्मी नारायण (पप्पु) गुप्ता, बिजय गुप्ता विवेक गुप्ता, मुकेश गुप्ता, उमाशंकर गुप्ता, ममता कुमारी गुप्ता अनामिका गुप्ता, लगायत समस्त स्वजातिय संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
भव्य र सभ्यताका साथ मनाइएको होली मिलन समारोहमा पर्सा ,बारा, रौतहट लगायत आसपासका जिल्लाको कानु स्वजातियहरु एकजुट भएका थिए ।