यही बैशाख ५ गते परेको रामनवमी महोत्सव शोभा यात्रामा सहभागी भईदिनको लागी हरेक गाउ टोल मा पुगेर सम्पूर्ण स्वजातीय बंधु लगायत हिंदू धर्ममा आस्था राखने सबै भक्त जनमा अनुरोध गर्दै जनजागरण अभियान गर्ने क्रममा आज दोस्रो दिन बीरगंज १४ पिपरा सातो माई मन्दिर मा बैठक बस्यो। वीरगन्ज १४ पिपरा मा पूर्व वडा अध्यक्ष भरत कुर्मी, नेपाली काँग्रेस उपसभापति रामनारायण कुर्मी, नेकपा एसका मदन पटेल समाजसेवी युवा लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ।
कुर्मी समुदाय प्रत्येक वर्ष चैत्र नवमी अर्थात रामनवमीको दिन भगवान श्रीराम को जन्म उत्सव भ्ब्यताका साथ मनाउने गरेका छन।जन्म उत्सवको मनाउन हरेक गाउ गाउ बाट सहभागी भई बजागाजा,रंथ, र विशाल शोभा यात्रा को साथ वीरगन्ज परिक्रमा गरी कुर्मी सेवा सदन वीरगन्ज २४ रामगढमा पुगेर पूजा पाठ गरी मनाउन गरेको मंचका अध्यक्ष दीपक कुर्मीले बताए।
आज को अभियान कार्यक्रम मा कुर्मी सशक्तिकरण मंच का,पर्सा जिल्ला इंचार्ज धर्मेंद्र पटेल, पर्सा जिल्ला अध्यक्ष दीपक पटेल, वरिष्ठ उपाध्क्ष खेमराज पटेल ,राजेश पटेल,,कोषाध्यक्ष राजेश पटेल, प्रबक्ता अनिल पटेल, निवर्तमान अध्यक्ष विशेश्वर पटेल , सह सचिब दीपेन्द्र सिंह पटेल, मायानिधी पटेल सदस्य कन्हैया पटेल,जितेंद्र पटेल लगायत को सहभागिता रहेको थियो ।
साथै २०७९ सालको रामनवमी पूजामा चन्दा दिई सहयोग गरे बापत दाताहरु रामनारायण कुर्मी, लालबहादुर पटेल , शिजी पटेल लाइ कदर पत्र सहित सम्मान गरिएको थियो मंचका प्रवक्ता अनिल पटेलले जानकारी गराए।