मधेस प्रदेश सरकारले मधेस आन्दोलनका सहिदका परिवारलाई जनही ३ लाख रुपैयाँ वितरण गरेको छ । बलिदानी दिवसको अवसरमा वीरगञ्जमा आयोजित कार्यक्रममा मधेस आन्दोलनका ६३ जना सहिद परिवारलाई जनही ३ लाख रुपैयाँ प्रदान गरिएको हो ।
प्रदेश सरकारको गृह सञ्चार तथा कानून मन्त्रालय अन्तर्गतको मधेसी सहिद प्रतिष्ठानले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सहिद परिवारलाई ३र३ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
कार्यक्रमममा मधेस सरकारले मधेस आन्दोलनका घाइते १३० जनालाईपनि उनिहरुको शारिरिक अवस्था हरेर अवस्था हेरेर १ देखि २ लाख रुपैयाँ प्रदान ग¥यो । यसका अतिरिक्त सहिद परिवार र घाइतेलाई १र१ थान कम्बल र यातायात खर्च बापत जनही ४ हजार रुपैयाँपनि प्रदान गरिएको थियो ।
कार्यक्रममा मधेस आन्दोलनका केहि घाइतेहरुले प्रदेश सरकारले आँफुहरुलाई विभेद गरेको भन्दै नारबाजप्नि गरे । मधेसी सहिद प्रतिष्ठानले तयार पारेको घाइतेको सूचीमा आफुहरुको नाम छुटाएर विभेद गरिएको भन्दै उनिहरुले कार्यक्रमको मञ्चमै पुगेर विरोध जनाए ।
दोश्रो मधेस आन्दोलनमा खुट्टामा गोली लागेर घाइते भएका पर्साको कालीकामाई गाँउपालिका १ मुडलीका दिनेश साह कानुले मधेस सरकारले आँफु लगायत दर्जनौ घाइतेलाई विभेद गरेको बताए । आन्दोलनमा गोली लागेर घाइते भई कष्कटर जीवन यापन गरिरहेको भएपनि मधेस सरकारले घाइतेहरुको सूचीमा आँफुहरुको नाम नै समावेश नगरेको भन्दै उनले आक्रोश पोखे ।
जसपाका अध्यक्ष उपेन्द्र यादवसंगै मुख्यमन्त्री र मन्त्रीहरु आसिन मन्चमै पुगेर माइकमा बोल्दै कानुले भने,‘मधेसको अधिकारका लागि हामीले पनि गोली खायौं, रगत बगायौं ,तर राहत र सहयोग दिने बेला अहिले मधेसी दल र मधेस सरकारले नै विभेद गरेको छ ।
आँफुहरुकै बलिदानी र त्यागका कारण मधेसी दलका नेताहरु सत्तामा पुगेको बताउँदै कानुले मञ्चमा आसिन मुख्यमन्त्री र मन्त्रीहरुलाई इंंगित गर्दै भने,‘ हाम्रै त्याग र बलिदानीको कारण तपाईहरु यो पदमा आसिन हुनुहुन्छ । तर आज हामीलाई नै विभेद र अन्याय तपाईहरुले गर्दै हुनुहुन्छ ।
कानू लगायतका घाइतेहरुले विरोध जनाउँदै आक्रोश पोखेपछि मुख्यमन्त्री सरोजकुमार राय यादवले घाइतेको सूचीमा छुटेकाहरुको माग प्रदेश सरकारले सम्बोधन गर्ने आश्वासन दिए । उनले भने,‘ घाइतेको प्रमाणपत्र बनाउनका लागि सिडिओ कार्यालयको सिफरिस आवश्यक पर्दैन । घाइते हुदाँका बखत जुन अस्पतालमा उपचार गराएको हो उत्तः अस्पतालको पूर्जी पेश गरे सहिद प्रतितष्ठानले घाइतेको प्रमाणपत्र बनाईदिन्छ। त्यस अनुसारको सेवा सुविधा मधेस सरकारले उपलब्ध गराउँछ ।’
मुख्यमन्त्री यादवले मधेस आन्दोलनका सहिद र घाइतेले दिएको बलिदानीको सम्मानका लागि प्रदेश सरकारले हरेक वर्ष बलिदानी दिवसमा आर्थिक सहयोग गर्दै आएको बताए ।
उनले भने,‘यो दुई तीन लाखले हुन त केहि हुने होइन । २५ करोड दिदाँपनि गएको ज्यान फर्केर आउँदैन । तर बलिदानीको सम्माननका लागि सहिदका परिवार र घाइतेलाई प्रदेश सरकारले सहयोग गरेको हो ।’ यसअघि प्रदेश सरकारले दिएको रोजगारीबाट छुटेका सहिदका परिवारलाईपनि अब रोजगारी दिने भन्दै उनले भने,‘सहिद परिवार र घाइतेका लागि जे जे गर्नुपर्छ त्यो प्रदेश सरकारले गर्छ ।’ उनले मधेसी सहिदका सपना मधेस सरकारले नै साकार पर्ने प्रतिबद्धतापनि जनाए ।
प्रदेशका गृह सञ्चार तथा कानून मन्त्री महम्मद समिमको अध्यक्षतामा भएको बलिदानी दिवस कार्यक्रमलाई संघीय सरकारका पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादव, प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, अर्थमन्त्री सञ्जय यादव, खेलकुदमन्त्री सुनिता साह, उद्योग तथा पर्यटनमन्त्री सुनिता यादव, उर्जा सिंचाई तथा खानेपानीमन्त्री सिंहासन साह कलवार, वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह, प्रदेशसभा सदस्यहरु जर्नादन सिंह क्षेत्री, श्याम पटेल , प्रमोद जयसवाल लगायतलेपनि सम्बोधन गरेका थिए ।