कहिलेकाहिँ तपाईंलाई पनि टाउको दुख्ने समस्या भएको हुन सक्छ । टाउको दुख्नु एउटा सामान्य स्वास्थ्य समस्या हो, जुन विभिन्न कारणले हुन्छ । जसमध्ये भिटामिनको कमि पनि एक हो ।
केहि भिटामिन शरीरले राम्रोसंग काम गर्नका लागि आवश्यक हुन्छ । त्यस्तै केहि भिटामिनको कमिले टाउको दुख्ने समस्या पनि हुनसक्छ ।
भिटामिनको कमीले हुने टाउको दुखाई विभिन्न प्रकारका हुन्छ्न् ।
रिबोफ्लेविन (भिटामिन बी२) को कमी
रिबोफ्लेविन भिटामिन बी१२ को नै एउटा मात्रा हो, जसको कमिले माइग्रेन र तनावका कारण टाउको दुख्ने समस्या हुन्छ ।
भिटामिन बी१२ को कमि
भिटामिन बी १२को कमिले एनीमिया हुन्छ, जसकाे एक लक्षण टाउको दुख्नु पनि हो ।
फोलिक एसिड (भिटामिन बी९) को कमि
फोलिक एसिडको कमिले पनि एनोमिया हुन्छ, जसको एक लक्षण टाउको दुख्नु पनि हो ।
भिटामिन डीको कमि
भिटामिन डीको कमिले तनाव, टाउको दुख्ने र माइग्रेन हुन्छ ।
म्याग्नेशियमको कमि
म्याग्नेशियमको कमिले माइग्रेन र तनाव हुन्छ, जसका कारण टाउको दुख्छ ।
भिटामिनको कमीबाट हुने टाउको दुखाईका लक्षण
-
हल्कादेखि गम्भीर तरिकाले टाउको दुख्नु ।
-
केहि घण्टादेखि धेरै दिनसम्म टाउको दुख्नु ।
-
वान्ता अथवा वाक-वाक लाग्नु ।
-
प्रकाश अथवा ध्वनिप्रति सम्वेदनशीलता ।
डाइटमा भिटामिनको समावेश
रिबोफ्लेविन (भिटामिन बी२)
दुध, दहि, अण्डा, मासु, सागपात र हरियो तरकारी ।
भिटामिन बी१२
माछा, मासु, अण्डा, डेयरी उत्पादन ।
फोलिक एसिड (भिटामिन बी९)
सागपात, हरियो तरकारी, फलफुल ,गेडागुडि, अन्न ।
भिटामिन डी
फ्याटी माछा, अण्डा, दूध ।
म्याग्नेशिय
बदाम, काजु, एभोकाडो, सागपात, हरियो तरकारी ।
भिटामिनको कमिले टाउको दुख्ने एउटा सामान्य कारण हो । रिबोफ्लेविन, भिटामिन बी १२ , फोलिक एसिड, भिटामिन डी र म्याग्नेशियमको कमिले टाउको दुख्ने समस्या हुन्छ । भिटामिनको कमिले हुने टाउको दुखाईको समस्याको उपचार अन्तर्निहित भिटामिनको कमिको उपचार गर्नुमा केन्द्रित छ ।
भिटामिनको कमिले हुने टाउको दुखाईलाई रोक्ने सबैभन्दा राम्रो तरिका भिटामिनले भरिपूर्ण आहार सेवन गर्नु हो । यदि आफूलाई कुनै भिटामिनको कमि भएको महसुस भयो भने आफ्नो डाक्टरसंग सम्पर्क गर्नु आवश्यक हुन्छ ।