आज चैत्र नवरात्रीको चौथो दिन । यस दिन माता दर्गाको चौथो स्वरूप कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
जब ब्रह्माण्डको सृष्टि भएको थिएन र चारैतिर अन्धकार थियो, तब देवीले आफ्नो हातले ब्रह्माण्डको सृष्टि गर्नुभयो, त्यसैले उनलाई ब्रह्माण्डकी आदिशक्ति पनि भनिएको हो । कुष्माण्डा माताको आठ वटा हात छन् । त्यसैले उनलाई अष्टभुजा पनि भनिन्छ । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामाकरण भएको हो । माताले आफ्ना भक्तहरूको दुःख र रोग नाश गर्नुहुन्छ ।
माता कुष्माण्डालाई मालपुवा प्रसाद र हरियो फल चढाउनुपर्छ । कुष्माण्डा देवीको वाहन सिंह हो ।
कुष्मांडा देवी देवीको मंत्र
या देवी सर्वभूतेषु
मां कूष्मांडा रूपेण प्रतिष्ठितता।
नमस्तस्यै नमस्तस्यै:
नमस्तस्यै नमो नम:..
दूसरा मंत्र
कुत्सित: कूष्मा
कूष्मा-त्रिविधतापयुत:
संसार:, स अण्डे मांसपेश्यामुदररूपायां
यस्या: सा कूष्मांडा
कूष्मांडा देवी कवच
हंसरै में शिर पातु
कूष्माण्डे भवनाशिनीम्।
हसलकरीं नेत्रेच,
हसरौश्च ललाटकम्॥
कौमारी पातु सर्वगात्रे,
वाराही उत्तरे तथा,
पूर्वे पातु वैष्णवी
इन्द्राणी दक्षिणे मम।
दिगिव्दिक्षु सर्वत्रेव
कूं बीजं सर्वदावतु॥