आज चैती छठ। मधेस प्रदेशका विभिन्न जिल्लामा चैती छठ पर्वअन्तर्गत आज आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिइएने छ ।
शुक्रबार देखि सुरु भएको चैती छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइदै छ। भोली सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन हुनेछ ।
मधेस प्रदेशका विभिन्न जिल्लाका पोखरीमा चैती छठपर्व गर्न व्रतालुहरूको भिडभाड आज देखिन सकिन्छ ।
चैती छठका लागि बिशेश वीरगन्जको घडिअर्वा पोखरी, जनकपुरधामको गंगासागर सृंगारिएको छ। चैती छठ पर्व मनाउनाले मनोकामना पूरा हुने, चर्म रोग निको हुने, सन्तान प्राप्त हुने र परिवारमा खुसीयालीसँगै प्रशन्नता प्राप्त हुने विश्वास छ ।
कठोर ब्रत गरी मनाइने छठ पर्वको मधेसमा विशेष महत्व छ। मधेसमा छठ पूजा वर्षमा दुइ पल्ट हुन्छ। पहिलो छठपूजा कार्तिक महिनामा हुन्छ भने दोश्रो छठ पूजा चैत्र महिनामा हुन्छ। यस परम्परालाइ शारदीय तथा वासन्तिक छठ पनि भन्ने गरिन्छ।
विगत ८ वर्ष देखी छठ ब्रत बस्दै आएकी बिरगंज माइस्थानकी किरण देवीका अनुसार छठी मइयाको ब्रत बस्दा हरेक मनोकांक्षा पुरा हुने विश्वासले चैती छठको ब्रत पनि बस्दै आएको छु। उनले सासु आमाको बिडो थाम्दै छठ ब्रत बस्न थालेकी हुन।
चैत महिनाको शुक्ल चुतुर्थी तिथीबाट छठ पूजाको ब्रतारम्भ हुन्छ। पहिलो दिन नुहाएर खाने बिधी हुन्छ जसलाइ भोजपुरी भाषामा ‘नहाए खाए के दिन’ भन्छन।
यस दिन ब्रतालूले बिहानै नित्य कर्म गरि नुहाएर पवित्र भइ शुद्ध सात्विक भोजन ग्रहण गर्ने गर्दछन। भोजनमा लसुन, प्याज,वर्जित हुन्छ। भात पकाउने चामल अगहनी धानको मात्र ग्राह्य हुन्छ भने दाल रहर वा चना तथा तरकारी लौकाको हुनु अनिवार्य हुने गरेको वीरगंज बहुअरीकी ब्रतालु रम्भा देवीले बताइन।
उनका अनुसार अन्य ब्रतहरुमा एक वा दुइ छाकि उपवास गर्दा मात्र ब्रत सफल हुने भएपनि कुनै कुनै ब्रतहरु निर्जला पानी सम्म नखाइ फलाहारी पनि हुने गर्दछन तर छठ ब्रतमा रसियाव–रोटीको प्रसाद खाइ २ दिन निराहार निर्जला ब्रत बसिन्छ।
कार्तिक महिनाको छठ झै चैत मासमा मनाइने छठ पर्वको पनि विधान रहेको छ। दुवै छठ शुक्ल पक्षको चतुर्थी तिथि देखी नै सुरु हुन्छ। चतुर्थी तिथिमा नुहाइ खाइ पञ्चमीको दिन दिउंसो भरि निराहार बसेर बेलुका पख नव निर्मित माटाको चोखो चुल्होमा आपको काठको दाउरा बालेर चाखो चामलमा गुड सख्खर हाली ‘रसियाव’ तथा चोखो पारिएको गहुंको पिठोको रोटी पकाइन्छ।
यस प्रकारले तयार पारिएको रसियाव रोटीलाइ अक्षता, सिन्दूरले पूजा गरि, ब्रतालू स्वयंले पनि नाक देखि पूर्ण सिउंदो भरि सिन्दूर लगाएर अग्नी तथा गाई लाइ अग्रासन दिइ ग्रहण गर्दछन। परिवारका सदस्य पनि प्रसादका रुपमा खाने गर्छन।
शारदीय छठको समयमा किसान परिवारहरुलाइ कुनै पनि कृषि कर्म गर्ने चटारो हुदैन। धान बाली खेतमा लागेका हुन्छन। गर्मी मौसम बितेर जाडोको नवआगमन भइरहेको हुन्छ। दशै, तिहारको उत्सवमय चाड–पर्वहरु तत्कालै समाप्त भएका हुन्छन। हुन त शारदीय छठ पनि उत्सवमय वातावरणमा मनाइने भएको भए पनि छठीमाताको व्रत तपश्चर्याको रूपमा नै हुने गरेको छ।
चैती छठ कातिक मासमा मनाइने छठ झै तड्क–भड्क हुदैन। छठीमाता प्रति आस्थावान गृहस्थहरुले भाकल अनुसार व्रत–पूजन गर्दछन नै तर चैति छठ पूजामा भने व्रतालूहरुको संख्या न्यून नै रहेको पाइन्छ।