सु–प्रसिद्ध एतिहासिक श्री गहवा माईको सामुहिक ’महाआरती’ आज साँझ भव्य रुपमा हुने भएको छ । राम जन्मोत्सव तथा चैत्रनवरात्रको अवसरमा आज साँझ ६ बजे गहवामाईको प्रागंणमा सामुहिक ’महाआरती’ भव्य रुपमा हुन लागेको छ ।
श्री गहवामाई रथ यात्रा समितिले मंचको तयारी, प्रसाद बनाउने काम देखी प्रहरी प्रशासनसंग सुरक्षाको सम्पुर्ण तयारी पुरा गरेको पर्सा अनलाईनलाई जनाएको छ ।
समितिले दास्रो पटक महाआरतीको आयोजना गर्न लागेको हो । रामनवमी र चैत्रनवरात्री एकसाथ परेकाले पछिल्लो वर्ष भन्दा यस वर्ष भिड बढ्न सक्ने समितिको अनुमान छ ।
जसकारण महाआरतिलाई भाब्यताका साथ सफल बनाउन श्री गहवामाई रथ यात्रा समितिले विशेष सुरक्षाका साथ आज साँझ सामुहिक महाआरतीको आयोजना गर्न लागेको समितिका महासचिव पप्पु गुप्ताले बताए ।
‘महाआरती’मा आसपासका जिल्ला लगायत सिमापारीका श्रद्धालुहरुको हजारौको सख्यामा भिड बढ्ने भएकाले यसलाई व्यवस्थित रुपमा सम्पन्न गर्नका कसरी अगाडी बढ्ने भन्ने बारेमा समितिले सुरु देखी नै छलफल गरिरहेको रथ यात्रा समितिका अध्यक्ष श्याम पोखरेलले बताए । भिडलाई व्यवस्थित गर्न मन्दिर समितिको कार्यालय मार्फत एकसाता अघि देखी नै भक्तजनका लागी टोकन वितरण नम्बर वितरण गरिएको छ ।
आज हुने महाआरतीमा भक्तजनसंग प्रवेश शुल्क लगायत अन्य कुनै प्रकारको साजसजावटको शुल्क नलिइने महासचिव गुप्ताले बताए । महाआरतीमा भक्तजनले घरबाट आज साँझ ६ बजे आरतिको सामग्रीहरु जस्तै पुजाको थाली, फुल, दियो तेल बत्ति लिएर मात्र सहभागी हुनु पर्ने छ । आरती सकिए लगत्तै साँझ ७ बजे महाप्रसाद वितरणको कार्यक्रम रहेको छ ।
महासचिव गुप्ताका अनुसार महाआरतीको तयारीका लागी करिब ३ लाख रुपैयाको खर्च रहेको अनुमान गरिएको छ । जसको विस्तृत जानकारी भोली मात्र बताउन सकिने उनले भने । यो सबै खर्च इच्छुक दाताहरु तथा समितिका पदाधिकारीहरुले जुटाएका हुन् ।
महाआरतीलाई भव्य बनाउन समितिले हिजो बिहान वीरगञ्जमा मोटरसाईकल -याली निकालेको थियो ।
‘महाआरती’मा वीरगञ्ज वासीलगायत टाढा–टाढाबाट स्वःस्फुर्तरूपमा भक्तजन सहभागी हुने गरेकाले यसले धार्मिक पर्यटन प्रवद्र्धन गर्ने ज्योतिष सम्राट पुरुषोत्तम दुबेले बताए । पछिल्लो वर्ष भएको पहिलो महाआरतीमा हजारौको सख्यामा पर्सा, बारा तथा छिमेकी देश भारत बिहारका रक्सौल लगायत आसपासका भक्तजन सहभागी भएको उनको भनाई छ ।