आज बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान् श्रीहरि विष्णुको पूजा गरिन्छ । आज पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ भन्ने मान्यता रहँदै आएको छ ।
साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा आरधना गरिन्छ । त्यस्तै, आज बिहीबार बंगलामुखीको दर्शन गर्ने गरिन्छ । बिहीबार बंगलामुखीको दर्शनबाट मनोकाङ्क्षा सिद्धि हुने विश्वास गरिन्छ ।
बंगलामुखी देवीलाई पीताम्बरी पनि भन्ने गरिन्छ, जसको अर्थ भगवान विष्णु हो । जब समस्त ब्रह्माण्ड ध्वस्त गर्ने शक्तिशाली आँधी आयो, त्यसको प्रभाव कम गर्न भगवान विष्णु सौराष्ट देशको हरीद्रा भन्ने तालमा मंगलबारको चतुर्दशी तिथिको दिन आराधना गर्दा मध्यरातमा देवी बंगलामुखीको उत्पत्ति भएको शास्त्रमा उल्लेख गरिएको छ ।
बंगालमुखीलाई बम्हास्त्र पनि भनिन्छ। शत्रुलाई संहार गर्नको लागि बंगलामुखीको आराधनावाट छिट्टै फल प्राप्त हुन्छ भन्ने विश्वास रहेको पाइन्छ । बंगलामुखी माता दक्षिण दिशातर्फ विराजमान हुनुहुन्छ ।
तन्त्र साधना गने, शत्रुलाई भ्रमित पार्ने, अकाल मृत्युबाट बचाउने लगायत कली युगमा विशेष बंगलामुखीको पूजा हुने भनेर शास्त्रमा उल्लेख छ । देवीको उपसना गर्दा पँहेलो फूल, पँहेलो कपडा, पँहेलो चन्दन सुन, जौ आदिको प्रयोग गरिन्छ।
धेरै ठाउँहरूमा बंगलामुखीको अस्त्र तरबार भनिएता पनि बंगलामुखीको वास्तविक हतियार मुग्रो वा सानो गदा नै हो । जो व्यक्तिले कुलपुजा एवं पितृकार्यहरू सम्पादित गर्न सक्दैन्न उनीहरूले बंगलामुखीको आराधना गर्नु पर्दछ ।
मन्त्रोच्चारण गर्ने विधि
उहाँको स्तुती गर्दा बिजमन्त्रको उच्चारण गर्ने, बगलामुखी माताको स्तोत्र पाठ गर्ने, श्री बगलामुखी स्तोत्रं– १, २, बगलामुखी हृदयं, बगलामुखी अष्टोत्तरशतनाम स्तोत्रं र बगलामुखी अष्टोत्तर शतनामावलीको जप गर्ने गर्नाले मातालाई प्रसन्न पार्न सकिन्छ ।
साधाना गर्ने
साधना बिहान सबैभन्दा पहिला स्नानबाट शुरु हुन्छ । स्नान गरिसकेपछि चित्तशुद्धिका साथ उहाँको उपासना शुरु हुन्छ । उहाँको स्मरण गर्दै केही समय ध्यान गर्नुपर्छ र ध्यानपछि मन्त्रोच्चारण गर्नुपर्छ ।
बगलामुखी माताको साधनाले उहाँलाई खुशी पार्न सकिन्छ । यसमा खासगरी आफ्ना गुरुबाट प्राप्त भएको साधनाको ज्ञान र मन्त्रलाई सही तरिकाले जप गरियो भने यसबाट मनको शान्ति प्राप्त हुनुका साथै माताको कृपा पाउन सकिन्छ । यसरी साधना गर्दा साधकले उहाँलाई मनपर्ने पहेँलो रंगको वस्त्र लगाउनुपर्छ ।
पूजा कसरी गर्ने ?
माताको पूजा गर्दा उहाँको मनपर्ने पहेँलो संगको वस्त्र लगाउनुपर्छ र मातालाई पनि पहेँलो वस्त्र चढाउनुपर्छ । त्यसैगरी पहेँलो केशरी, चन्दन, पहेँला धजा, पहेँला अक्षता र पहेँला फलफूलहरु चढाउनुपर्छ । यसरी आराधना गर्दा माताको आशिर्वाद प्राप्त हुनेछ । यसरी बगलामुखी माताको साधना गर्ने हरेक वर्तालूले नारीको सम्मान गर्नुपर्छ । शास्त्रमा हरेक नारीमा देवीको बास हुने भएकोले नारीको सम्मानबाट बगलामुखी माता पनि खुशी हुने बताइएको छ ।