वीरगञ्ज स्थित नेशनल मेडिकल कलेज द्वारा प्रथम वर्षका स्नातकोत्तर विद्यार्थीहरूको स्वागत तथा अभिमुखकरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजमा नव आगन्तुक भर्ना भएका ( MD, MS , MN, MPH ) नयाँ सत्रका विद्यार्थीहरूको स्वागत तथा कलेजको वातावरण शैक्षिक अवस्था र विद्यार्थीहरूको पढाई र लगनशीलता प्रतिको जिम्मेवारीलाई गराउन अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा ( HODs, PG Coordinators , Faculty members ) सहित नव आगन्तुक विद्यार्थीहरूको सहभागिता रहेको थियो । कलेजका प्रिनसिपल के.ऐन. सिंह को अध्यक्षतामा तथा कलेजका अध्यक्ष प्रो. डा. जैनुदिन अंसारीको प्रमुख अतिथिमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष अंसारी विद्यार्थीहरुलाई स्वागत गर्दै नेशनल मेडिकल कलेजले विद्यार्थीहरूको विशिष्ठ क्षमता हरुको पहिचान गरी सोही अनुसार विद्यार्थीहरूको चौतर्फी विकास वातावरण गरेको जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा कलेजका अडमिसन एण्ड मार्केटिङ डाइरेक्टर अबिद हुसेन अंसारी , एकेडेमी डाइरेक्टर डा. नुसरत जहाँ अंसारी , हस्पिटल डाइरेक्टर डा. इश्रत जहाँ , भ्वाइस प्रिन्सिपल वि.डी.यस प्रो. डा . सरोज प्रसाद देव , भ्वाइस प्रिन्सिपल डा. रवि शंकर गुप्ता , एक्टिङ भ्वाइस प्रिन्सिपल नर्सिङ एशो. प्रो . कविता पाठक , चिफ पिजी कोडिनेटर डा. रवि कुमार साह , नर्सिङ डाइरेक्टर : प्रो . गंगा गुरुङ लगाएको उपस्थिति रहेको थियो ।