पर्साको पोखरीयामा नव निर्मित शिव मन्दिरको प्राणप्रतिष्ठानको पहिलो दिन आज भव्य रुपमा कलश सहितको शोभा यात्रा निकालिएको छ । वडा नम्बर ४ बजार क्षेत्रमा रहेको प्राचीन शिव मन्दिरमा भगवान शिवको प्राणप्रतिष्ठाको लागी आज पहिलो दिन कलश सहित, पारम्परीक बाजा तथा विभिन्न देवी देउताको झाँकि सहितको सोभा यात्रा निकालिएको थियो ।
नव निर्मित शिव मन्दिरको प्रांगण बाट आज बिहान निकालिएको जल सहितको सोभा यात्रा पोखरिया बजार हुदै वडा नम्बर ८ जगतपुर मननपुर स्थित रहेको भेद्रहा खोलामा पुगी पूजा पाठ गरिएको थियो । हजारौको सांख्यमा सहभागी भएका कुमारी कन्या तथा भक्तजनहरु खोलाबाट जल भरी पुन शिव मन्दिरमा पुगेका थिए ।
प्राणप्रतिष्ठान कार्यक्रमको आज पहिलो दिन जलयात्रा भएको छ भने बैशाख १४ गते भगवान शिवको प्राणप्रतिष्ठा हुने र बैसाख २० गते पूर्णआहुति हुने कार्यक्रम रहेको पोखरिया नगरपालिका को नगर प्रमुख प्रद्युमन प्रसाद चौहानले बताए ।
आज भएको शोभा यात्रामा पोखरिया नगरपालिकाकि पुर्व उप मेयर सलमा खातून ,समाज सेबी वकील मिया , पूर्व मेयर दीपनारायण रौनियार , वडा नम्बर ९ को वडा अध्यक्ष नौशाद आलम , वडा अध्यक्ष किशोरी साह, समाज सेबी सुमित साह गोड, सन्तोष महतो लगाएत स्थानीय दाताहरुले बाटोमा, चिसो पानी, फ्रुटी, फलफुल, , गुलियो सर्बत, कोकाकोला, स्प्राइट, रेड बुल जस्ता पेय पदार्थ वितरण गरेका छन ।
नगरपालिकाको आयोजनामा निकालिएको कलश सहितको सोभा यात्रामा नगर प्रमुख प्रद्युमन प्रसाद चौहान , उप प्रमुख रूबी कुमारी ठाकुर, निमित प्रमुख प्रसासकीय अधिकृत अजय कुमार श्री वास्तव , संविधान सभा सांसद रामेश्वर प्रसाद रौनियार , वडा अध्यक्ष प्रमोद गिरी, केदार महतो चाई , रामप्रबेश प्रसाद चौहान , लक्ष्मण साह कानू, महेन्द्र महतो चाई, सीमानन्द प्रसाद चौहान , प्रमानन्द प्रसाद पटेल , किशोरी साह तेली, नौसाद आलम, सोनालाल साह गोड , पोखरिया नगरपालिकाको कर्मचारी स्थानीय महिला पुरुष समाज सेबी बुद्धि जीवीहरु भक्तजन, नगरबासी, गुरुजन, पुरोहित, अतिथि, सुरक्षाकर्मी, नागरिक अगुवा, राजनीतीककर्मी, संचारकर्मी लगाएतको सहभागी रहेको थियो ।