मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वान गरेका छन् ।
उद्योग वाणिज्य संघ लहानले आयोजन गरेको लाहान एक्सपोको समापन समारोहमा मुख्यमन्त्री यादवले उद्योग व्यवसायका लागि उपयुक्त भुमि मधेश प्रदेशमा लगानी गर्न आह्वान गरेका छन् ।
मधेश प्रदेशमा गरिने लगानी को सुरक्षा लगायतको बिषयमा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले निर्भीक भएर लगानी गर्न आग्रह गरे ।
मधेश बिद्रोहको उदगम भुमी लहान मधेश सरकारको लागि पुज्यनीय भुमी रहेको उल्लेख गर्दै उनले लहानको बिकासको लागि गौरवको योजना दिन स्थानीय सरकारलाई आग्रह गरे । मधेश सरकारले सहिद संग्रहालयका लागि ३ करोड उपलब्ध गराई सकेको हुँदा जग्गा प्राप्ति र डिपिआर पछि अपुग हुने रकम समेत तत्काल उपलब्ध गराउने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
लहानबासीको मांगलाई सम्बोधन गर्दै बलान नदि नियन्त्रणको काम शुरु भै सकेको जानकारी गराउदै मुख्यमन्त्री यादवले यसै आर्थिक वर्षमा बलान नदि नियन्त्रणको काम सम्पन्न हुने समेत बताए ।
लहान उद्योग वाणिज्य संघका अध्यक्ष विकास कुमार सारडाको अध्यक्षतामा भएको उक्त समापन समारोहमा प्रदेश सभा सदस्री ललिता दास बिद्रोही , जिल्ला समन्वय समितिका सभापति दिनेश महतो, लहान नगरप्र्मुख महेश प्रसाद चौधरी , उपप्रमुख राम चलित्र महतो , उद्योगपति पशुपति मुरारका सहितका बक्ताहरुले सम्बोधन गरेका छन् ।
चैत्र ३० गते शुरु भएको महोत्सव आज सप्पन्न भएको हो । महोत्सवमा नेपाल, बंगलादेश , भारतका १६० ब्यापारीक प्रतिष्ठान सहभागी भएको आयोजकले जनाएका थिए ।
लहान एक्सपोमा सहभागी हुनु अघि मुख्यमन्त्री यादव प्रदेश सरकारको लगानी जारी वलान नदी नियन्त्रण कार्यको स्थलगत निरिक्षण समेत गरेका छन् ।